लालू यादवलाई साढे ३ बर्षको जेल सजाय
Saturday, January 6th, 2018, 10:27 pm
amit
एजेन्सी ।
भारतीय सीबीआईको विशेष अदालतले बिहारका पुर्ब मुख्यमन्त्री लालुप्रसाद यादवलाई चारा घोटाला सम्बन्धि एक मुद्धामा साढे ३ बर्षको जेल सजाय सुनाएको छ । यसअघिनैै दोषी ठहर भएका लालुलाई शनीबार जेल सजाय तोकिएको हो ।
उनी राँचीको विरसा मुंडा जेलमा छन । जेलसँगै लालुलाई साढे ५ लाख रुपैया जरिवाना पनि तोकिएको छ । यही बिषयमा अघिल्लो महिना सीबीआई अदालतले लालुलाई दोषी ठहर गरेको थियो । लालुसंगै अन्य १५ जनालाई दोषी ठहर गरिएको थियो ।
ति मध्ये ६ जनालाई ७–७ बर्षको सजाय सुनाइएको छ । सन १९९१ देखि ९४ सम्मको यो मामिलामा ८५ लाख रुपैया अनियमितता भएको भन्दै मुद्धा परेको थियो । लालुका कानुन व्यवशायीले उच्च अदालतमा अपिल गर्ने बताएका छन ।
लालुमाथि घोटालामा संलग्नलाई बचाएको आरोप समेत थियो । चारा घोटालाकै अन्य मुद्धामा उनी यसअघि पटक पटक जेल परिसकेका छन । सन १९१३ मा उनलाई ५ बर्षको जेल सजाय सुनाइएको थियो ।
तर एक बर्षमै उनी उच्च अदालतको आदेशमा मुक्त भएका थिए । समग्रमा करिब ३८ करोड रुपैया चारा घोटाला भएको सीबीआईले दावी गरेको छ । लालुले भने भाजपाको सरकारले आफुलाई फसाउन अनेक जालझेल गरेको प्रतिक्रिया दिएका छन ।