नेत्रहीन विश्वकप क्रिकेट : लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन
Wednesday, January 10th, 2018, 8:44 pm
amit
लाहोर । नेपालले पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।
खराब ब्याटिङ सुरुआतको बाबजुत नेपालका मध्यम अर्डरले पारी सम्हाल्दै लक्ष्य रक्षा गर्ने स्थितीसम्म पु¥याएका थिए । तर, बलरले सुरुआती लय देखाए पनि त्यसलाई निरन्तरता दिन सकेनन् ।
टस हारेर नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य बंगलादेशले ३३।३ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । महमुद रशिदले अविजित ६० रनको पारी खेल्दै बंगलादेशलाई जित दिलाए । उनी म्यान अफ दी म्याचसमेत घोषित भए ।
रशिदले असिकर रहमानसँग छैटौँ विकेटको लागि ९१ रनको बलियो साझेदारी गर्दै बंगलादेशको जितको आधार तय गरे । दुर्गादत्त पौडेलको बलमा बोल्ट आउट हुनुअघि रहमानले ४५ रनको महत्वपुर्ण योगदान दिए ।
बंगलादेशको २०।२ ओभरमा १२३ रनमा ५ विकेट गुमिसकेको अवस्थामा रहमान र रशिदले पारी सम्हाले । नेपालका बलरले उत्कृष्ट सुरुआत गरे पनि लयमा निरन्तरता दिन नसक्दा खेल आफ्नो हातबाट फुस्काएका थिए ।
ओपनर अब्दुल मल्लीकले ३८ रन र अब्दुल्लाह जोब्बीरले २६ रनको योगदान दिए । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको बंगलादेशको खराब सुरुआत गरेको थियो । उसका ओपनर अरिफ उल्लाहलाई ४ रनमै नेपालका बलर खिमानन्द गैरले क्लिन बोल्ड सुरुआत झड्का दिए ।
चौथो ओभरमा बंगलादेशका कप्तान तान्जिलुर रहमान ६ रनमा आउट भए । तर, त्यसपछिका ब्याट्सम्यानले पारी सम्हाले । नेपालको बलिङमा भरत थापाले २ तथा दुर्गादत्त, खिमानन्द गैरे र कप्तान किर्तन श्रेष्ठले १–१ विकेट निकाले पनि जित दिलाउन सकेनन् ।
नेपालका बलरले ३३ अतिरिक्त रन खर्चिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर नै खेल्दै ९ विकेटको क्षतिमा २ सय ३४ रनको योगफल तयार पारेको थियो । खराब सुरुआत गरेको नेपालले सम्हालिन नपाउँदै लगातार विकेट गुमाएको थियो । एकसमय नेपालको खातामा ७२ रन हुँदा ६ विकेट गुमिसकेको थियो ।
तर, सातौँ विकेटका लागि खिमानन्द र कप्तान किर्तनले १ सय ९ रनको बलियो साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । हिट द विकेट हुनुअघि खिमानन्दले ३४ रन बटुले ।
३७ ओभरमा किर्तन पनि ३ चौकाको मद्दतले ६६ रनमा आउट भए । आक्रमक ब्याटिङ गरेका पदम बडेला पनि ३० रनमा रनआउटको शिकार भएपछि रनरेटमा खस्किएको थियो । बंगलादेशको बलिङमा खुर्सिद आलमले ३ विकेट लिँदै नेपालको पारी ध्वस्त पारे । अरिफ उल्लाहले २ तथा तान्जिलुर रहमानले १ विकेट लिए ।
६ नेपालले अब १३ जनवरीमा श्रीलंकासँग दुबईको अजमानमा तेस्रो खेल खेल्नेछ । देश सहभागि राउन्ड रोविन लिगको आधारमा हुने विश्वकपमा लगातार दोस्रो हारसँग नेपालको सेमिफाइनलमा यात्रा कठिन भएको छ । बंगलादेशले २ खेलमा १ जित निकाल्दै अन्तिम ४ भित्र पर्ने सम्भावना बलियो बनाएको छ । लिगमा भारत र पाकिस्तानले २ जित निकालि सकेका छन् ।