अमेरिकी राष्ट्रपतिको पोर्न स्टारसँग सम्बन्ध रहेको खुलासा
Saturday, January 13th, 2018, 4:42 pm
amit
काठमाडौं, २९ पुस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्रीसँग सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका छन् । यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड ९स्ट्रोमी ड्नियल्स० सँग ट्रम्पले सन् २००६ मा सम्बन्ध कायम गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला बाहिर आउने क्रम चल्दा ट्रम्पका वकिलले स्टेफानीलाई चुप बस्न भन्दै एक लाख ३० हजार अमेरिकी डलर दिएका वाल स्ट्रिट जर्नलले शुक्रबार खबर छापेको छ ।
सन् २०१६ मा स्टेफानीले आफू र ट्रम्पबिचको सम्बन्ध तथा आफूमाथि भएको यौन हिंसाका बारेमा बताउन एबिसी न्युज च्यानलसँग सम्पर्क गरेको र ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलरमा कुरा मिलाएर उनलाई चुप बस्न लगाएको जर्नलले दाबी गरेको छ ।
ट्रम्प अर्गनाइजेशनमा लामो समय वकिलको रुपमा रहेका माइकल कोहेनले स्टेफानीलाई पैसा दिएर चुप रहन भनेको वाल स्ट्रिट जर्नलले दाबी गरेको छ ।
कोहेनले स्टेफानीलाई पैसा दिएको बिषयमा केही बताएका छैनन् तर ट्रम्प र स्टेफानीबिच यौन सम्बन्ध रहेको कुराको भने खण्डन गरेका छन् । ट्रम्प र स्टेफानीबिच सन् २००६ मा गल्फ प्रतियोगिताको क्रममा भेट भएको थियो ।