स्थापना दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता
Sunday, May 7th, 2023, 8:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २४ बैशाख
कोहलपुर नगरपालिकाको दशौं स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा आयोजित ‘कोहलपुरको समृद्वि तथा विकासमा सरोकारवाला पक्षको भूमिका’ विषयक अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनज्ञान ज्योति माविकी करुणा खनाल प्रथम हुन सफल भएकी छिन ।
यसैगरि दास्रो, तेस्रो र सान्त्वनामा अन्जली खडका कृष्ण मावि, धनराज योगी कोहलपुर मावि र गोबिन्द पौडेल जनज्योति पब्लिक भएका छन । कोहलपुरकै कृष्ण माविको सभा हलमा सम्पन्न भएको सो प्रतियोगितामा कोहलपुर नगरपालिका भित्रका १३ सामुदायिक बिद्यालयका छात्र छात्राहरुले सहभागिता जनाएका थिए ।
सामाजिक विकास शाखाका संयोजक ईश्वरी प्रशाद विश्वकर्माको सभापतित्वमा र नगर उप प्रमुख संगिता सुबेदीको प्रमुख आतिथ्यतामा आयोजित वक्तृत्वकला प्रतियोगितामा वागेश्वरी क्याम्पसका उप–प्राध्यापक पुष्कर रिजाल, खोपीराम वली र न्यू वागेश्वरी एकेडेमीकी विमला खत्रीले निर्णायकको भुमिका निभाएका थिए ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष बद्री प्रशाद जैसी कोहलपुर नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजार, बागेश्वरी क्याम्पसका कृष्ण माविका प्रधानाध्यापक दिलिप वली लगायतको उपस्थिती रहेको थियो ।
यसैबिच नगरपालिकाले आफनो १० औं स्थापना दिवसका सोमबार सार्वजनिक बिदा समेत दिएको छ । नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएके हो । नगरपालिकाको कार्यपालिकाको बैशाख २४ गते बसेको बैठकको निर्णयानुसार कोहलपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा बैशाख २५ गते कोहलपुर स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् सार्वजनिक निकायहरु सार्वजनिक विदा दिने सूचना गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष नम बहादुर आले मगरले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष आले मगरका अनुसार सार्वजनिक विदा भएता पनि नगरपालिकाले दिने आकस्मिक एवम् अत्यावश्यकीय कार्यहरु सूचारु हुनेछन् ।