‘जँड्याहा महिला’ सँग किन रुष्ट बने बौद्ध भिक्षु र?
Wednesday, January 17th, 2018, 8:10 pm
amit
कोलम्बो – श्रीलंकामा महिलाहरुलाई रक्सी किन्न छुट दिने सरकारको निर्णयलाई राष्ट्रपति मैत्रीपाल सिरीसेनाले रोकिदिएका छन् ।
सरकारले बुधबार सन् १९५५ को कानूनमा बदलाव ल्याउने घोषणा गरेको थियो । जसअनुसार १८ वर्षभन्दा माथिका महिलाहरुलाई रक्सी किन्न लगाइएको प्रतिबन्ध हटाइएको थियो । योसँगै महिलाहरुलाई रक्सी विक्री वितरण हुने स्थानमा पनि काम गर्न अनुमति दिइएको थियो ।
सरकारका अनुसार यो कानूनले महिलामाथि भेदभाव गथ्र्यो । सरकारको यो कदमलाई श्रीलंकाली महिलाहरुले पनि स्वागत गरेका थिए ।
तर, राष्ट्रपतिले यो फैसलालाई उल्टाउँदै प्रतिबन्ध जारी राख्न आदेश दिएका छन् । राष्ट्रपतिले आफूले अखबारबाट मात्र सरकारको यो कदमबारे जानकारी पाएको बताएका छन् ।
आलोचकहरुले राष्ट्रपतिमाथि लैंगिक समानतालाई गम्भीरताका साथ नलिएको आरोप लगाएका छन् ।
कानूनमा बदलावले कस्तो सुधार हुन्थ्यो ?
यद्यपि, श्रीलंकामा पूरानो कानूनलाई कडारुपमा लागु भने गरिएको थिएन । तर, सरकारले गर्न लागेको बदलावबारे देशमा खुब चर्चा भएको थियो ।
यो कानून आएपछि ६० वर्षमा पहिलो पटक १८ वर्षमाथिका महिलाहरुले कानूनीरुपमा पहिलो पटक रक्सी किन्न पाउँथे ।
यसको साथै बिहान ९ बजेदेखि राती ९ बजेसम्म रक्सी विक्रीमा लगाइएको प्रतिबन्ध हटाएर बिहान ८ बजेदेखि राती १० बजेसम्म अनुमति दिइएको थियो ।
राष्ट्रपतिले किन उल्टाए फैसला ?
बौद्ध बहुल श्रीलंकाका मुख्य भिक्षुहरुले प्रतिबन्ध हटाउने सरकारी कदमको विरोध गरेका थिए । उनीहरुको तर्क थियो कि यसले महिलाहरुलाई रक्सी पिउने लत लाग्नेछ । यसले श्रीलंकाको पारिवारिक संस्कृति खत्तम हुनेछ ।
राष्ट्रपतिको यो कदमलाई धेरै सामान्य मानेका छन् किनभने उनले यसअघि मद्यपानविरोधी अभियान नै चलाउँदै आएका थिए । उनले यसअघि पनि रक्सी पिउने श्रीलंकाली महिलाहरुको संख्यामा बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
राष्ट्रपतिमाथि पाखण्डको आरोप
यद्यपि, कयौँले सरकारको सुधारको कदमलाई अकास्मात राष्ट्रपतिले रोकिदिनुले गठबन्धन सरकारमा केही समस्या भएको संकेतरुपमा लिएका छन् ।
राष्ट्रपति सिरीसेनाले महिलाहरुलाई राजनीतिमा सक्रिय भूमिका खेल्न प्रात्साहित गर्ने गरेका छन् । पछिल्लो वर्ष मात्र उनले आगामी चुनावमा सरकारले अधिक महिला उम्मेदवारहरुलाई उठ्ने वातावरण बनाएको बताएका थिए ।
तर, रक्सीको विषयमा उनले फैसला उल्टाएर द्वैद्य चरित्र देखाएको धरैको आरोप छ ।
सन् २०१४ को विश्व स्वास्थ्य संगठनको तथ्यांकका अनुसार श्रीलंकामा ५६।९ प्रतिशत पुरुषको तुलनामा ८०।५ प्रतिशित महिलाले कहिले पनि रक्सी पिएका छैनन् ।