ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
Friday, August 4th, 2023, 5:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १९ साउन
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफूले अहिलेको समयमा राष्ट्रिय टोलीमा रहेर शतप्रतिशत दिन सक्छु जस्तो नलागेर राजीनामा दिएको बताए । दुई दशक जति लामो समय टिममा रहेर देशका लागि खेलेका मल्लले शुक्रबार एक पत्रकार सम्मेलनको अयोजना गर्दै राजीनामा घोषणा गरेका थिए ।
‘अहिलेको लागि राष्ट्रिय टोलीमा जुन शतप्रतिशत दिनु पर्ने थियो । त्यो मैले दिन सक्दिन भने त्यहाँ रहिरहनुपर्छ भन्ने लाग्दैन त्यसैले मैले यस्तो निर्णय लिएको हुँ,’ मल्लले भने । मल्ल सन् २००५ मा यू–१५ टोलीको सदस्य रहेका थिए । यसै समयमा उनी क्रमस यू–१७ र यू–१९ टोलीमा परेका थिए । ज्ञानेन्द्रले सन् २००६ मा खेलेका थिए ।
ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ रन बनाएका छन् । त्यस्तै ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८८३ रन बनाएका छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक बनाएका छन् । सन् २००६ देखि राष्ट्रिय टोलीमा खेलेका मल्लले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् । मल्लले लमो समय टोलीको मुख्य भूमिका निर्वाह गरे ।