बढुवा नभएको भन्दैं बिरोधमा उत्रिए खेलकुदका कर्मचारी
Monday, August 14th, 2023, 5:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ साउन
बढुवा प्रक्रियामा असन्तुष्टी जनाउँदैं बाँके जिल्लामा कार्यरत खेलकुद कर्मचारी तथा प्रशिक्षकहरुले बिरोध जनाएका छन् । राष्ट्रिय खेलकुद कर्मचारी संघ बाँकेका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको नेतृत्वमा सोमबार नेपालगन्ज रंगशाला स्थित कार्यालय परिसरमा प्रशिक्षकहरुले हातमा कालो पटीं बाधेर बिरोध जनाए । विगत २७ वर्ष र २५ वर्ष देखि कार्यरत कर्मचारीहरुको बढुवा प्रक्रिया रोकिएको भन्दैं त्यसको बिरोधमा उत्रनु परेको अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।
उनले भने, ‘राष्ट्रिय खेलकुद परिषदले कर्मचारीको बढुवा गर्ने भनेर विज्ञापन आवहान गरेको थियो । हामीले गत असार ८ गते सोहि विज्ञापनको आधारमा विवरण पेश गरेका थियौं पनि । राष्ट्रिय खेलकुद परिषद पनि सकारात्मक छ । तर केहि निजी व्यक्तिको स्वार्थले बढुवा प्रक्रिया रोकिएको छ ।’
मंगलबार कार्यालय परिसरमा एक घण्टा कालो पटीं बाधेर एक घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको उनले बताए । यसैरी बाँकेसँगै अन्य जिल्लामा पनि बिरोधका कार्यक्रम भैरहेका छन् । राष्ट्रिय खेलकुद परिषद् (केन्द्र), ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले बढुवाको प्रकृया निष्कर्षमा पु¥याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले घोषणा गरेको संघर्ष कार्यक्रमको दोश्रो दिन हातमा कालो पट्टी बाँधी सांकेतिक रुपमा विरोध कार्यक्रम सम्पन्न भयो ।
पहिलो दिन कोण त्रिपुरेश्वरस्थित राखेप हातामा केन्द्र र उपत्यका कर्मचारीहरु भेला भइ कोणसभा गरिएको थियो । तेश्रो र चौथो दिन क्रमशः सोमबार र मंगलबार पनि आइतबारकै कार्यक्रमले निरन्तरता बताइएको छ । बुधबार, बिहीबार र शुक्रबार केन्द्रलगायत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी पेन डाउन गरिने कार्यक्रम छ । १ घण्टा तथा बिहीबार र शुक्रबार २ घण्टा पेन डाउन गरिने बिरोधमा उत्रिएका कर्मचारीले बताए ।