नेपालगन्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ हुदैं
Thursday, August 24th, 2023, 7:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ भदौ
बाँकेको नेपालगन्जमा ट्यालेन्ट हन्ट अफ बाँके २०२३ हुन लागेको छ । केबि डान्स स्टूडियो रुपन्देहीको आयोजनामा यहि भदौ ९ गते नेपालगन्जमा ट्यालेन्ट हन्ट अफ बाँकेको फाईनल फिनाले हुन लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत फाईनल फिनाले नेपालगन्जस्थित होटल बाटिकामा हुन लागेको जनाएको छ । कार्यक्रमकी संयोजक अन्जु रसाईलीले यस फिनालेमा तीन वटा बिधा रहेको जसमा डान्सिङ, सिङ्गिग र मोडलिङ रहेको जानकारी गराईन ।
यस्तै, कार्यक्रमका सहआयोजक सत्य नारायण चौधरीले नेपालगन्जमा पहिलो पटक हुन लागेको ट्यालेन्ट हन्टमा स्थानीय कलाकारलाई प्लेटफर्म दिनका लागि आयोजना गर्न लागिएको जानकारी गराए । सम्मेलनमा जानकारी गराउदै उनले भने, ‘हामीले यसमा स्थानीय कलाकारलाई विषेश प्राथमिक्ता दिएका छौं । जुन उनीहरुमा रहेको ट्यालेन्टलाई बाहिर ल्याउनका लागि ठूलो भूमिका खेल्नेछ ।’
होटल बाटिकाको प्राङ्गणमा हुन लागेको लाईभ कन्सर्ट राति ९ बजे देखि १२ बजे सम्म गायक तथा मोडेल दुग्रेश थापा र गायक नरेश बुढाथोकीको जोडदार प्रस्तुति रह्नेछ । आयोजक अनुसार डान्स तर्फको विजेतालाई २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगत राशीको पुरस्कार दिईनेछ । अन्य दुई वटा विधाको विषयमा पुरस्कार आयोजकहरु बीच छलफल मै रहेको छ ।
यस अघि छनौट अडिसन अन्र्तगत दुई चरणमा निशुल्क भएको थियो भने मेघा अडिसनमा ५ सय शुल्क निर्धारण गरिएको थियो । अडिसन मार्फत छनौट भएका ४० जना प्रतिस्पर्धीहरु फाईनलमा जाने आयोजकले जनाएको छ ।
आयोजकले ईन्ट्री शुल्क दुई सय रुपैँया निर्धारण गरेपनि विद्यार्थीको हकमा १५ प्रतिशत छुट गर्दै १ सय ७५ रुपैँया निर्धारण गरेको छ ।