डोल्पाका सिमावर्ती नाका खोल्ने प्रधानमन्त्रीको भ्रमणको एजेण्डा
Wednesday, August 30th, 2023, 8:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा , १३ भदौ
तिब्बती सिमासंग जोडिएका उपल्लो डोल्पाका सिमा नकाहरु खुलाउने विषय प्रधानमन्त्रीको भ्रमणको एजेण्डा भएको राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले बताए । विश्व कोरोना संक्रमणको बेला बन्द भएका उपल्लो डोल्पासंग जोडिएका सिमावर्ती मोरिम र क्याटो नाका खुलाउने बिषयमा चाइना सरकारसंग कुरा हुने उनले बताए ।
पाँच बर्षसम्म नाका नखुल्दा उपल्लो डोल्पाका नागरिकलाई दैनिक उपभोग्य सामाग्री लगायतका कुरामा समस्या परेको छ । केन्द्रिय पार्टीले सुरु गरेको घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारा सहितको तीन महिने अभियानका लागि डोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनु भएका बिष्टले बुधबार डोल्पाको सदरमुकाम दुनैमा पत्रकारहरुसँग कुरा गदै माओवादीले गरेका राम्रा कामको प्रचार गर्ने र नराम्रा कामको आत्मलोचना गर्ने अवसर अभियानले दिने बताए ।
नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष समेत रहनु भएका प्रचण्ड नेतृत्व गठबन्धनको सरकारले धमाधम राष्ट्रियस्तरमा भ्रष्टाचारीलाई जेल कोच्न थालेपछि नक्कली भुटानी शणनार्थी,एती, आृेम्नी ,गिरिबन्ध, वालुवाटार जग्गा, सुन काण्डमा मुछिएकाले एमालेको सातो गएको उनको भनाई थियो ।
कर्णाली सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला बिश्वकर्माले व्यक्ति खु्शी पार्ने टुक्रे योजना हाल्न नसकिने भएकाले डोल्पा र डोल्पालीको भविश्यसँग जोडिएका जगदुल्ला हाइड्रो पावर,भेरी करिडोर लगाएतका क्षेत्रमा बजेट बिनियोजन गरिएको बताए । भेरीकरिडोर अन्र्तगत पर्ने ल्यासीक्याप सिसौल सडक निर्माणको काम नेपाली सेनालाई दिन डोल्पाका जनप्रतिनधिहरुद्धारा परराष्ट्रमन्त्रीसँगै प्रधानमन्त्रीसँग समेत पहल भएको पुर्व पर्यटन मन्त्री वीरबहादुर शाहीले बताए ।