क्यान्सर अस्पताल बिकास समितीको एक बर्षे प्रगति विवरण सार्वजनिक
Wednesday, September 13th, 2023, 12:51 pm Kalpristha
रजनी योगी २७ भदौ, नेपालगन्ज
बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पछिल्लो समय क्यान्सर सम्बन्धि गुणस्तरिय सेवा प्रदान भईरहेको छ । लुम्बिनी, कर्णाली र सुुदुरपश्चिम प्रदेशलाई लक्षित गरि स्थापना गरिएको उक्त अस्पतालमा पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचार गरिरहेको छ ।
अस्पतालले पछिल्लो समय अस्पतालमा बाट प्रदान हुने सेवा सुविधालाई पराकिलो बनाउँदै लिएको छ । ७० वर्ष नाघेका जेष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितिले व्यहोर्ने गरि छुट गरिएको छ । यस्तै गरिब, असहाय तथा विपन्न बिरामीका लागि नि शुल्क उपचार तथा एवम् १० प्रतिशत बेड छुट्याइएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।
अस्पताल विकास समितिको अध्यक्ष भएर आएको एक वर्षको प्रगती कार्य विवरण सार्वजनिक गर्दै अध्यक्ष मल्लले भने, ‘अहिले अस्पतालमा जनशक्ती अभाव छ, राज्यले जनशक्तीको परिपुर्ति गरिदिन सकेको छैन काज अस्थाई दरबन्दिका कर्मचारीले हामिले सेवा प्रदान गरिरहेका छौं ।’ कर्मचारी अभावकाबिच पनि गुण्स्तरिय सेवा दिने कोशिस भईरहेको छ । अस्पतालमा क्यान्सर लगायत विरामीको संख्यामा उल्लेख्य बृद्धि भईरहेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा जनरल सहित २५ हजार १ सय ८१ जना आ व. २०७९÷८० मा २९ हजार २ सय ५५ जना क्यान्सरका मात्रै विरामीले सेवा लिएका छन् । क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीको सहजताका लागि विरामी ओसार पसारमा सहज होस् भन्नका लागि भारतीय राज दुतावासले एक थान सुविधासम्पन्न type A Ambulance एक थान स्टाफ बस हस्तान्तरण भई संचालनमा आएको छ ।
बिरामीलाई रगतको आवश्यक पर्दा नेपालगन्ज लगायत अन्य ठाउँमा रगत लिन जान नपरोस भन्ने उद्देश्यले क्यान्सर अस्पताल परिसरमै ब्लड बैँक स्थापना गरि संचालनमा ल्याइएको लगायतका कामहरु एक वर्षको कार्यकालमा गरिएको अध्यक्ष मल्लले जानकारी दिए । उनले खजुरा क्यान्सर अस्पतालले भोलीका दिनमा बाँके संगै लुम्बिनी प्रदेशलाई नै चिनाउने विश्वास ब्यक्त गरे ।
हामी अस्पताल बिकास समितीमा स्थानीय तहको जस्तो राजनिती गर्न आएका होइनौँ स्वास्थ्य सुधार गर्न आएका हौ उनले भने । यस अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक–कान–घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।