फिचर लेखनमा रजनी प्रथम
Thursday, September 14th, 2023, 8:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ भदौं
हरितालिका(तीज)को अवसरमा नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको लेखनवृत्ती प्रतियोगितामा संचारकर्मी रजनी योगी प्रथम भएकी छन । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको तीज महोत्सव र महिला पत्रकार लेखनवृत्ति प्रतियोगितामा पत्रकार सरला सुवेदी दोस्रो, सावित्री बिश्वकर्मा तेस्रो र सिवानी बि कले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
बिजेताहरुले क्रमश: ५ हजार, तीन हजार, दुई हजार र १ हजार पुरस्कार राशी संगै प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाकी सांसद आशा बिकले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् । उक्त कार्यक्रममा युनियन बाँकेको तीज विशेष बुलेटिन (मासिक) पत्रीका विमोचन गरिएको छ ।
लेखनवृत्तीका लागि प्राप्त भएका तीजपर्व सम्बन्धि लेखहरु उक्त बुलेटिनमा प्रकाशित गरिएको छ । कार्यकममा बोल्ने वक्ताहरुले तीजलाई मौलिक रुपले अगाडी लैजानु पर्नेमा जोड दिएका थिए । पछिल्लो समय भड्किलो भैरहेको तीजलाई मध्यनजर गर्दै आधुनिकता भन्दा परम्परागत तरिकाले तीज मनाउनु पर्ने उनिहरुलो राय छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरु माया पुन, सन्जुकुमारी चौधरी, सुशीला नेपाली, काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णाकुमारी सापकोटा, युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, सचिव सुधान्सु कोइराला, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंंह थारु, युनियनकी केन्द्रीय सदस्य शोभा केसी, संचारिका समूह बाँकेकी अध्यक्ष रुपनी जि.एम. संस्थापक अध्यक्ष अछरी पोख्रेल लगायत अतिथीको सहभागिता रहेको थियो । उक्त कार्यक्रम संचालन युनियनका सह-सचिव माया अधिकारीले गरेकी थिइन ।