दोस्रो नेपालगन्ज किड्स फेस्टिवलको तयारी पुरा, शनिबार बिहान ८ बजेदेखि फेस्टिवल सुरु हुदैं
Friday, December 1st, 2023, 8:01 pm
Kalpristha
किड्स फेस्टिवलले बाल साहित्य र सृजनालाई प्राथमिकता दिएको छ । बालबालिकामा अन्तरनिहित प्रतिभालाई देखाउने उत्सवको रुपमा लिइएको नेपालगन्ज किड्स फेस्टिवललाई लिने गरिएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ मंसिर
बालबालिकाको प्रतिभा र सिर्जनालाई प्रस्तुत गर्ने उत्सवका रुपमा लिइएको नेपालगन्ज किड्स फेस्टिवलको दोस्रो संस्करण शनिबार नेपालगन्जमा हुदैछ । नेपालगन्जको सिद्धार्थ कटेजमा हुन लागेको फेस्टिवलको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
बिहान ८ बजे चित्रकलाको प्रतिस्पर्धाबाट फेस्टिवलका कार्यक्रमहरु सुरु हुनेछन् । फेस्टिवलमा चित्रकला, नृत्य, वक्तृतामा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने आयोजन लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ले बताए ।
फेस्टिवललाई सफल बनाउन विभिन्न संघ, संस्था र कम्पनीले सहकार्य गरेका छन् ।
कालपृष्ठ दैनिक मिडिया पार्टनर रहेको फेस्टिवलमा प्रगति ट्रेडिङ एन्ड जनरल अर्डर सप्लार्यस, माउन्ट एभरेष्ट बुक्स एन्ड स्पोर्टस, बागेश्वरी इलेक्ट्रोनिक एन्ड मोबाइल सेन्टर, न्यु स्टाइल टेलर्स, मेरो टुकी प्रज्ञालय, इरानी फेसन स्टोर्स, ए बे क्लथिङ, माउन्ट सगरमाथा पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि, रक्षक सेक्युरिटिज, नाना चाचा, कान्ति आरोग्य हस्पिटल, फेमस स्टिल, हाउस अफ म्युजिक, कालिजले सहकार्य गरेका छन् ।
किड्स फेस्टिवलले बाल साहित्य र सृजनालाई प्राथमिकता दिएको छ । बालबालिकामा अन्तरनिहित प्रतिभालाई देखाउने उत्सवको रुपमा लिइएको नेपालगन्ज किड्स फेस्टिवललाई लिने गरिएको छ ।
फेस्टिवलको दोस्रो संस्करणमा चार वटा विधालाई महत्व दिएर तयारी भैरहेको छ । गायन, नृत्य, चित्रकला र वक्तृता प्रतियोगिता फेस्टिवलका मूख्य आकर्षण हुन । त्यस बाहेक फेस्टिवलमा सहभागी भएका बालबालिकाले आफुलाई आउने जुनसुकै कुरा पनि प्रदर्शन गर्न पाउनेछन् कार्यक्रम स्थलमा ।
हरेक इभेन्ट्समा प्रि–स्कुल देखि लिएर कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न तीन समुहमा विभाजन गरेर प्रतिस्पर्धामा सहभागी गराउने आयोजकले बतायो ।
नृत्यमा एकल र सामूहिक विधा छन् । चित्रकलामा ‘सफा, समृद्ध र रमाईलो गाउँ’ शीर्षकमा ६ देखि १२ कक्षाका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

…………

…………..
वक्तृताकला प्रतियोगिताको लागि यस वर्षको शीर्षक ‘समृद्ध नेपालगन्ज, चुनौति र सम्भावनाहरु’ छ । फेस्टिवलमा हुने मनोरञ्जनात्मक प्रदर्शनी, खेल, सांस्कृतिक पोषाक, फोटो सेसन, पुस्तक, चित्रकला प्रदर्शनी गरिनेछ ।

…………….