अझैं घटेनन् क्षयरोगी, समयमै थाहा नपाएपछि अनेकन दुःख
Tuesday, February 27th, 2024, 3:01 pm
Kalpristha
श्याम विहारी मगन्ता
नेपालगन्ज, १५ फागुन
खजुरा गाउँ पालिका– ८ का नुरअहमद खाँले साँस फेर्न गा¥हो भएपछि निरन्तर औषधी उपचार गराए, तर पनि सञ्चो भएन । ७३ वर्षिय खाँलाई खोकी लाग्ने, साँस फेर्न गा¥हो हुने गर्दथ्यो । नजीकैको स्वास्थ्य संस्थामा जान्थे, औषधी ल्याउँथे । तर नरोगको सहजै पहिचान हुन्थ्यो, न सञ्चो हुन्थ्यो । गम्भिर विरामी हुन थालेको वर्षौपछि थाहा भयो–उनलाई त टिबी लागेको रहेछ । उनी अहिले नेपालगञ्ज– ४ सल्यानीवागस्थित टि. बी. नेपाल, क्षयरोग रेफरल सेन्टरमा छन । त्यहीं उनको उपचार भइरहेको छ । क्षयरोग लागेको पनि १२ वर्ष भइसक्यो । आफनो जग्गा समेत नभएका खाँ अरुकै घरमा बस्दै आएका छन । उनका ३ छोरा र एक छोरी छन् ।
यस्तै जानकी गाउँपालिका–६ की भागती गडरियालाई लगातार खासी(खोकी) आउन थालेपछि धेरै परेशानी व्यहोर्नु प¥यो । खोक्दा रगत समेत देखिन थाल्यो । केही दिन अन्यत्रै उपचार गराइन तर कतैबाट थाहा पाइन टिबीको अष्पताल छ भनेर । अनी उनी क्षयरोग रेफरल सेन्टरमा चेक गर्न पुगीन । ६ महिनादेखि विरामी भएर अहिले उपचाररत छिन । यीनी दुई पात्र उदाहरण मात्रै हुन, यस्ता कैयन विरामीहरुले अनेकन दुख पाईसकेपछि मात्रै सम्वन्धित अष्पताल पुगेका छन् ।
नेपाल सरकारसँगको सहकार्यमा टिबि नेपालले रेफरल सेन्टर सञ्चालन गर्दै आइरहेको छ ।
टि. बी. रोग र औषधीबाट हुने जटिलताको व्यवस्थापनको लागि २५ सैयाको क्षेत्रिय स्तरको टिबी ड्रग रेजीटान्स सेन्टर र टिबी होस्टेल, टिबी रेफरल सेन्टर संचालनमा छ । बिगत २० वर्षदेखि टिबी, कुष्ठरोग र एअआइभीको उपचार, व्यवस्थापन गर्दै आइरहेको छ । क्षयरोग र कुष्ठरोगको वहिरङ्ग, अन्तरङ्ग सेवा, प्रयोगशालाको सेव, जन चेतनाअभिवृद्धि, २४ सै घण्टा डट्स सेवा, क्षयरोग÷एच. आई. भि सह संक्रमणको सेवा, उपचारमा हुने निशुल्क सेवा, डिजिटल एक्सरे सेवा र जिनएक्सपर्ट सेवा आदि दिइदै आइएको अष्पतालले जनाएको छ ।
……………
२० बेडको आवास सुविधा रहेको अष्पतालमा वर्षेनी ३० हजार क्षयरोगी उपचार गर्न आउने गरेको तथ्यले देखाउँछ । रेफरल सेन्टरका क्लीनिक इञ्चार्ज कमल ढकालका अनुुसार– टिबी औषधी प्रतिरोधक अवस्थामा पुगिसकेको छ र जसको घरमा अलग्गै बसेर रोगको उपचार गर्न सम्भव छैन, त्यस्तालई खानपिनसहितको आवासीय सुविधा छ ।
आर्थिकरुपले विपन्न समुदायका नागरिकहरु नै विशेषगरी उक्त अस्पतालको सुविधाबाट लाभान्वित छन् । उपचार गरेर सञ्चो नहुन्जेलसम्म निःशुल्क टिबीको उपचार गर्ने उक्त संस्थाबाट विपन्न समुदायले सबैभन्दा बढी लाभ लिन पाइरहेको इञ्चार्ज ढकाल बताउँछन् । ढकालकाअनुसार टिबी रोग भएको हो भन्ने पुष्टि भइसकेपछि कुनै पनि शुल्क लाग्दैन । औषधी प्रतिरोधी अवस्था टिबी पुगिसकेका बिरामीहरु अस्पतालमा भर्ना छन् । हाल ३८ जना भर्ना रहेका छन् ।
सबैभन्दा कडाखालका टिबी रोगीहरुको उपचार गर्ने प्रमुख थलोका रुपमा यो अस्पताललाई लिइन्छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टिबीका बिरामीहरुलाई भर्ना गरेर उपचार गर्ने भरपर्दो अस्पताल पनि हो तर रेफरल सेन्टर (टिबी अस्पताल) को अहिलेसम्म आफ्नो भवन छैन । भवन अभावकाकारण उपचारमा अनेकन स्मस्या आइरहेको सम्वद्ध अधिकारीले बताउँदै आइरहेका छन । टिबीका लागि ढकेरीमा प्रदेश स्तरिय क्षयरोग रिफरल सेन्टर निर्माण भइरहेको छ । नेपाल सरकारलाई टिबी रोकथामका लागि प्राप्त हुने अन्तर्राष्ट्रिय सहायता रकम उक्त रेफलर सेन्टरको सञ्चालनको स्रोत हो ।
अष्पतालको रेकर्ड अनुसार टि.बी नेपाल बाँकेले आर्थिक वर्ष २०७९÷०८० मा कुल तीस हजार क्षयरोगका सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा जम्मा २६ हजार एक सय ६४जना क्षयरोगका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिसकिएको छ । क्षयरोग र कुष्ठरोग सम्बन्धि समस्या र शंका भै आएका सेवाग्राहीहरु मध्यबाट जम्मा एक हजार जना नयाँ क्षयरोग निदान लक्ष्य राखिएकोमा एक हजार ८८ जना नयाँ क्षयरोगी बिरामीहरुको निदान गरि औषधी उपचारकालागि रेफर गरि पठाइएको थियो ।
क्षयरोगको जटिलता साथै समस्या भएका बिरामीहरुलाई वार्डमा भर्ना गरि सेवाप्रदानगरिएको थियो । यस सेवाबाट सात सय जनालाई सेवा पु¥याउने लक्ष्य राखिएकोमा आठ सय सात जनाब्यक्तिहरु लाभान्वित हुनु भएको थियो भने वार्डमा भर्ना भएका बिरामीहरुलाई खाना, बस्न, औषधी निशुल्क रुपमा प्रदान गरिएको थियो । कित्सककाअनुसार, प्रयोगशालामा खकार, रगत , एच.आई.भी , मोनोटोक्स, पिसाब र दिसा परिक्षण सहित बिभिन्न परिक्षणहरु गरिन्छ ।
टिबी नेपालका मेडिकल अफिसर डा सत्य शाहीका अनुसार बाँके वरपरका क्षेत्रहरु क्षयरोगबाट अत्यधिक प्रभावित छन् । अझै पनि उच्च प्रकोप दर छ । विरामी मध्य अधिकांस ग्रामिण क्षेत्रका गरिव नै छन । ४० देखि ५० प्रतिशत मधेसी÷मुस्लिम समुदायकै रहेका छन । क्षयरोग लागेको समयमै थाहा नपाएर विरामीले अनेकन दुख पाइरहेको डा शाहीको बुझाई छ । स्थानीय सरकारले क्षयरोग विरुद्धको सचेतना र उपचार सेवाबारे जनतालाई वयापक जानकारी गराउनु पर्ने उहाँको सुझाव छ ।
एम.डि.आर क्षयरोगका बिरामीहरु लुम्बिनी प्रदेश, कर्णालीप्रदेश र सुदुरपश्चिम प्रदेशका बिभिन्न ठाउँबाट डि.आर.क्षयरोग सेवाका लागि आउने गरेका छन् । अतिगरिबका लागि आ.व. २०७९÷०८० सात हजार दुई सय ६५ बिरामीहरुले औषधी, जाँच, यातायात भाडा र आवासको सुबिधाबाट लाभान्वित भएका छन । मुस्लिम समुदायको समेत प्रतिनीधित्व गर्नु हुने जानकी गाउँपालिकाका अध्यक्ष छव्वन खान क्षयरोगीका लागि छुट्टै कार्यक्रम र वजेट नबनाइएको स्वीकाछर्न । तर सम्वद्ध निकायबाट स्वास्थ्य सचेतना जगाउने दायित्वबाट पञ्छिन भने नहुने बताउँछन् ।