निषेधाज्ञाको अवधिमा पनि उपत्यकाभित्र आलोपालो प्रणालीमा सञ्चालन हुनेछन् बैंक तथा वित्तिय संस्थानहरु
Wednesday, August 19th, 2020, 6:16 pm
amit
काठमाण्डौ, ३ भदौ । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएतापनि सो अवधिमा सबै बैंक तथा वित्तिय संस्थाहरु भने बन्द नहुने भएका छन् ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा बन्द नहुने भएकोले पनि न्यूनतम कर्मचारी राखेर आलोपालो नजिकका शाखाहरू सञ्चालन गर्ने जनाएका छन् ।
तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको मंगलबारको बैंठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्थाको हकमा भर्चुअल तथा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभएमा मात्र न्यूनतम कर्मचारी बोलाएर सेवा दिन आग्रह गरेको थियो ।
यसैगरी कोरोना भाइरसको संक्रमण बढेसंगै हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत मात्र कर्मचारी बोलाएर सेवा दिइरहेका छन्।
कोरोना भाइरसको संत्रमण बढी देखिएका कतिपय शाखा कार्यालयहरू बन्द भएतापनि उपत्याका हकमा भने निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था बीमा सेवा पूर्ण रुपमा बन्द भने नहुने बताइएको छ ।