आज राती च्याम्पियन्स लिगको फाइनल खेल पीएसजी र बार्यन बीच हुदैँ
Sunday, August 23rd, 2020, 7:14 pm
amit
एजेन्सी, ७ भदौ । यूइएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल विश्वस्तरीय खेलाडीहरु सम्मिलत रहेका टोली पेरिस सेन्ट जर्मेन पीएसजी र बार्यन म्युनिखबीच आइतबार राति १२ बजेर ४५ मिनेटमा हुँदैछ ।
रोवर्ट लिवानडोस्की, फिलिपे कोटिन्हो, थोमस मुलर, म्यानुअल न्युअर, लिरो साने, डेभिड अलाबा, जेरोमी बोट्याङ, अलफन्सो डेभिसजस्ता खेलाडी समावेश रहेको बार्यनले यसअघि पाँचपटक च्याम्पियन्स लिग जितिसकेको छ ।
पीएसजीलाई जित्दै बार्यन छैठौं उपाधि जित्ने दाउमा भने पीएसजी भने च्याम्पियन्स लिगको उपाधि पहिलोपटक जित्ने तयारीमा रहेको छ ।
पीएसजीमा नेमार जुनियर, केलिएन एबाप्पे, डि मारिया, थियागो सिल्भा, केलोर नाभास, मार्को भेराटी, माउरो इकार्डी, माक्विनहोसजस्ता खेलाडी छन् ।
बार्यनले यसपटक क्वार्टर फाइनलमा बलियो क्लब बार्सिलोनालाई ८–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
फाइनल पुग्नलाई बार्यनले लियोनमाथि ३–० को जित निकालेको थियो भने पीएसजीले पनि फाइनलमा पुग्न आरबी लिपजिगमाथि ३–० को जित हात पारेको थियो ।
आजको फाइनल खेल निकै आक्रमक र रोमान्चक हुने अनुमान गरिएको छ । इतिहास हेर्दा बार्यन बलियो देखिए पनि पीएसजी पनि बाजी मार्ने दाउमा रहेको छ ।
पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो भने बार्यनले ११ औं फाइनल खेल्न लागेको हो।