वायर्न म्युनिखले पिएसजीलाई हराउँदै छैंटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
Monday, August 24th, 2020, 11:15 am
amit
एजेन्सी, ८ भदौ । जर्मन क्लब वायर्न म्युनिखले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । उपाधि भिडन्तमा वायर्नले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
वायर्नको जितमा किङ्गस्ले कोम्यानले निर्णायक गोल गर्दै उपाधि दिलाएका थिए । उनले खेलको ५९ मिनेटमा जोसुआ किमिचले उपलब्ध गराएको पासलाई हेडमार्फत गोल गरेका थिए ।

योसंगै वायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो भने पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमायो ।
कोरोना भाइरसका कारण पोर्चुगलको लिस्बनमा क्वार्टरफाइनल देखिका सबै खेल भएता पनि दर्शकलाई प्रवेश निषेध गरिएको थियो ।
यो उपाधि जितेसँगै वायर्नले छ पटक उपाधि जितेर बढी उपाधि जित्ने टिमको तेस्रो स्थानमा रहेको लिभरपुलको कीर्तिमानसँग बराबरी गरेको छ।

रियल म्याड्रिडले सर्वाधिक १३ पटक युरोपियन च्याम्पियन्स लिग जितेको छ भने एसी मिलान ७ पटक जितेर दोस्रो स्थानमा छ ।
वायर्नले यस सिजनको उपाधि जित्ने क्रममा लगातार ११ खेल जित्यो भने जसमा वायर्नले ४३ गोल गर्यो । योसंगै वायर्न च्याम्पियन्स लिगको सबै खेल जितेर उपाधि जित्ने पहिलो टिम बनेको छ ।