नारायणगढका वडा प्रहरी कार्यालयमा कार्यरत २६ जनामा कोरोना संक्रमण
Saturday, September 12th, 2020, 12:37 pm
amit
चितवन, २७ भदौ । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। बिहान आएको रिपोर्टमा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ।
यस्तै शनिबार आएको परीक्षण रिपोर्ट अनुसार वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो।
वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता नै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ। योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये पाँचजना संक्त भईसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना सङ्क्रमण संक्रमण् पुष्टि भएकाृे छ भने कार्यरत रहेकामध्ये अधिकांशलाई कोरोना सङ्क्रमण भएसँगै कार्यालय सिल गरिएको छ।
त्यस्तैगरी वडाबाटै नमूना सङ्कलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।