चिनियाँ खोपको आपत्कालिन प्रयोगका लागि यूएईले अनुमति दियो
Wednesday, September 16th, 2020, 3:40 pm
amit
एजेन्सी, ३१ भदौ । कोभिड १९ विरुद्धको चीनियाँ खोपलाई आपत्कालिन प्रयोगका लागि युनाइटेड अरब एमिरेट्स (यूएई) ले अनुमति दिएको छ । आफ्नो देशका नागरिकमाथि परीक्षण सुरु गरेको ६ हप्तापछि यूएई सरकारले सो अनुमति दिएको हो।
चीनको सरकारी स्वामित्वमा रहेको औषधि निर्माता कम्पनी सिनोफामले निर्माण गरेको खोपको तेस्रो चरणको परीक्षण यूएईमा गत जुलाईमा सुरु भएको थियो । यो परीक्षण अझै पूरा हुन बाँकी रहेको छ।
नेसनल इमर्जेन्सी एन्ड डिजास्टर म्यानेजमेन्टले सोमबार ट्वीटमार्फत सो खोप शुरुमा त्यहाँका फ्रन्टलाइनमा रहेर काम गरिरहेका र भाइरसबाट संक्रमित हुने जोखिममा रहेका हिरोहरुलाई दिइने जानकारी दिएको हो।
यूएईमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि यो निर्णय लिइएको हो । शनिबार हालसम्मकै सर्वाधिक १ हजार ७ जनामा संक्रमण देखिएको थियो।
यूएईका अनुसार ३१ हजार स्वयम्सेवकमा खोपको परीक्षण गरेपछि उक्त खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिइएकोे हो भने खोप लगाएपछि स्वयम्सेवकहरुमा मध्यम खाले साइड इफेक्टमात्र देखिएको र दीर्घरोग भएका १ हजार जनालाई खोप दिँदा पनि गम्भीर साइड इफेक्ट देखिएको छैन।
सिनोफार्मले गत जुनमा तेस्रो चरणको परीक्षणको लागि अनुमित पाएको थियो । पहिलो दोस्रो चरणको क्लिनिकल परीक्षणमा २८ दिनमा खोपको दुई डोज दिएपछि स्वयम्सेवकहरुको शरीरमा एन्टीबडी निर्माण भएको पाइएको थियो।