करेन्ट लागेर ओखलढुंगा र कैलालीमा गरी २ जनाको मृत्यु
Wednesday, September 23rd, 2020, 2:09 pm
amit
काठमाण्डौ, ७ असोज । करेन्ट लागेर ओखलढुंगा र कैलालीमा गरी २ जनाको मृत्यु भएको छ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ भँडारे सिमलडाँडामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट मोलुङ गाउँपालिका १ कुन्तादेवीका २८ वर्षीय परनेश खत्रीको ज्यान गएको हो । उनी मोलुङ खोला हाईड्रो पावरमा सुपरभाईजरका रुपमा काम गर्दै आएका थिए।
ओखलढुंगा प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४५ बजेको समयमा बिद्युत लाईन कट गरेर बिद्युतको पोलमा चढेका उनको पोलमै झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुग्दा खत्रीको विद्युतको पोलमै ज्यान गएको पाइएको हो।
मृतक खत्रीको शव पोलमै झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ भने विद्युत मर्मतका लागी पोलमा चढेर जम्पर छुट्टाउने क्रममा करेन्ट सर्ट भई उनको मृत्यु भएको प्रहरीको अनुमान छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
त्यस्तै खेतमा खुल्ला छोडिएको बिद्युतीय तारबाट करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने वर्ष २९ का रघुवीरसिंह धामीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार रातको समयमा सोही ठाउँ बस्ने नन्दराम ठगुन्नाको खेतबारीमा खुल्ला छोडिएको विद्युतको तारमा करेन्ट लागेर गएराती उनको मृत्यु भएको हो।
मृतकसँगै अन्य ४ जना रहेको र घटनाको थप अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाइएको छ।