ग्यान्स अधिबेसनको तयारी पुरा
Saturday, January 14th, 2017, 4:16 am
amit
अष्टिन टेक्सास ।
टेक्सासको अष्टिनस्थित नेपालीहरुको साझा संगठन ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को दोश्रो अधिबेसनको तयारी पुरा भएको छ ।
यही आइतवार अष्टिन स्थित वेल्सब्रान्च कम्युनिटी हल (Wells Branch Community Center, 2106 Klattenhoff Dr, Austin, TX 78728) मा हुन लागेको अधिबेसनले आगामी दुई वर्षका लागी नयां कार्यसमितीको चयन गर्नेछ ।
आइतवार हुने अधिबेसनका लागी सबै तयारी सकिएको ग्यान्सका अध्यक्ष गेहेन्द्र के सी ले जानकारी दिनुभयो । आगामी दुई वर्षका लागी निर्वाचित हुने १५ सदस्यिय कार्यसमितीका लागी कुनै पनी पदमा दोहोरो उम्मेद्वारी नपरेपछि आइतवार नै डा. कमल अधिकारी प्रमुख रहेको निर्वाचन कमिटीले सबै उम्मेद्वारहरुलाई औपचारिकताका लागी मात्रै बिजयी घोषणा गर्नेछ ।
१५ सदस्सिय कार्यसमितीका लागी आइतवार अध्यक्षमा देवराज न्यौपाने तथा दुई उपाध्यक्षका लागी प्रधुम्न श्रेष्ठ र पदम ठकुराठी औपचारीक रुपमा बिजयी हुनेछन् । यस्तै महासचिवमा स ुदिप दाहाल, सचिवमा बिशाल गौतम, कोषाध्यक्षमा बिदुर खतिवडा र सदस्यहरुमा बालकृष्ण न्यौपाने, बास ुराम भण्डारी, हर्क राई, किर्तना बास्कोटा, रामप्रसाद केसी, आनन्द यादव, संस्कृती प्रधान, धर्मानन्द गौतम र नवराज पौडेल राजु औपचारीक रुपमा बिजयी हुनेछन् ।
आइतवार बिहान ११ बजेपछि शुरु हुने अधिबेसनमा सहभागिताका लागी ग्रेटर अष्टिन नेपाली सोसाइटीले (ग्यान्स) ले अष्टिनवासी नेपालीहरुमा आग्रह गरेको छ ।