पञ्जाबमाथि मुम्बईको शानदार जित
Friday, October 2nd, 2020, 7:39 am
amit
१६ असोज, काठमाडौं । युएईमा भइरहेको आईपीएलमा साविक विजेता मुम्बई इन्डियन्सले किंग्स एलेभेन पञ्जाबलाई पराजित गरेको हो । बिहीबार राति भएको खेलमा मुम्बईले पञ्जाबलाई ४८ रनले हराएको हो ।
शेख जायद रंगशालामा मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो ।
पञ्जाबका लागि निकोलस पुरनले ४४ रन जोडे भने मायांक अग्रवाल २५ रनमा आउट भए । कृष्णप्पा गोथामले नटआउट २२ रन बनाउँदा केएल राहुलले १७ बनाए ।
मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याट्रीनसनले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ७० रन बनाउँदा केइरन पोलार्डले अजिवित ४७ रन बनाए । हार्दिक पाण्ड्याले पनि अजिवित ३० रन जोड्दा इशान किशानले २८ रन तथा सूर्यकुमार यादवले १० रन जोडे ।
पञ्जाबका शेल्डन कन्ट्रेल, मोहम्मद शामी र कृष्णप्पा गोथामले समान एक–एक विकेट लिए ।
यससँगै मुम्बईले चार खेलबाट चार अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले खेल्दैछन् ।