नयां कार्यसमिती चयन गर्दै ग्यान्सको अधिबेसन सम्पन्न
Monday, January 16th, 2017, 4:22 am
amit
अष्टिन –
ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्स को दोश्रो अधिबेसन नया कार्य समिती चयन गर्दै आइतवार सम्पन्न भएको छ ।
अष्टिन स्थित वेल्स ब्रान्च कम्युनिटी सेन्टरमा सम्पन्न अधिबेसनले देबराज न्यौपानेको अध्यक्षतामा १५ सदस्यिय नयां कार्यसमिती निर्वाचित गरेको हो । आगामी २ वर्षका लागी निर्वाचित कार्यसमितीका दुई उपाध्यक्षमा पदम ठकुराठी र प्रधुम्न श्रेष्ठ रहेका छन् । यस्तै महासचिवमा स ुदिप दाहाल, सचिवमा बिशाल गौतम कोषाध्यक्षमा बिदुर खतिवडा र सदस्यहरुमा बालकृष्ण न्यौपाने, बास ुराम भण्डारी, हर्क राई, किर्तना बास्कोटा, रामप्रसाद केसी, आनन्द यादव, संस्कृती प्रधान, धर्मानन्द गौतम र नवराज पौडेल राजु बिजयी भएका हुन् ।
कुनै पनि पदमा दोहोरो उम्मेद्वारी नपरेपछि आइतवार डा. कमल अधिकारी प्रमुख रहेको निर्वाचन कमिटीले औपचारीक रुपमा बिजयी घोषणा गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहन गराएको हो ।
अव निर्वाचित कार्यसमितीले अरु ६ जना कार्यसमिती सदस्य मनोनित गर्न पाउनेछ भने सल्लाहकार र संचालन समिती पनि बनाउनेछ । अष्टिनमा नेपालीहरुको साझा संगठनको रुपमा रहेको ग्यान्सले नेपाली समुदायका बिचमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
\