मेस्सी र राकिटिक एकअर्काविरुद्ध खेल्दै
Sunday, October 4th, 2020, 10:41 am
amit
१८ असोज, काठमाडौं । स्पेनको शीर्ष डिभिजनको लिग ला लिगामा आज लियोनल मेस्सी र इभान राकिटिकको टोलीले एक–अर्कामा प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली समय अनुसार राति १२ः४५ बजे मेस्सीको कप्तानीमा रहेको बार्सिलोना र राकिटिक सम्मेलित सेभिल्लाको भिडन्त हुन लागेको हो ।
यो खेल बार्सिलोनाको मैदानमा क्याप नोउमा हुनेछ, जहाँ दुवै टोली तेस्रो जित निकाल्ने योजनामा छन् ।
घरेलु टोली तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा भिल्लारियलाई ४–० गोलले हराएको बार्सिलोनाले दोस्रो खेलमा सेल्टा भिगोमाथि ३–० गोलको जित निकालेको थियो । बार्सिलोना दुई खेलबाट ६ अंक बनाउँदै लिगको सातौं स्थानमा छ ।
यता, सेभिल्ला समान अंकसहित तालिकाको आठौं स्थानमा छ । दुई खेलबाट ६ अंक बटुलेको ऊ गोलान्तरको आधारमा बार्सिलोनाभन्दा पछाडि छ । सेभिल्लाले पहिलो खेलमा कार्डिजलाई ३–१ गोलले हराएको थियो भने दोस्रो खेलमा लेभान्टेमाथि १–० गोलको जित निकालेको थियो ।
यस खेलमा सेभिल्लाले राकिटिकलाई मैदान उतार्नसक्ने सम्भावना धेरै छ । राकिटिक यसै सिजन मात्र बार्सिलोना छोडेर सेभिल्ला फर्किएका उनले आज पूर्वक्लबविरुद्ध खेल्नेछन् । मेस्सी र राकिटिकले छ वर्ष एकसाथ खेलेका थिए ।