नेजाको आयोजनामा ड्यालसमा बृहत अन्तरक्रिया सम्पन्न
Tuesday, January 17th, 2017, 11:00 am
amit
अमेरीका – नेपाल अमेरीका पत्रका संघ नेजाले टेक्सासको ड्यालसमा आइतवार बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
एनआरएन अमेरीकाको आगामी कार्यदिशा र आसन्न निर्वाचनमा उम्मेद्वारका आकांक्षीहरुले आफ्ना धारणा र योजना लगायतका विषयमा स्पष्ट पार्न नेजाले अन्तरक्रिया कार्यक्रमको अवसर जुटाइदिएको हो ।
सो अवसरमा बोल्ने बक्ताहरुले सदस्यताको कोणबाट बिश्वको सबैभन्दा ठुलो एनआरएन अमेरीकाको केन्द्रमा नेतृत्व लिन नसक्नुका कारण र कसरी केन्द्रको नेतृत्वमा पुग्न सकिन्छ लगायतका विषयमा आ आफ्ना धारणा राखेका थिए ।
जुटेर गएमात्र केन्द्रमा आफ्नो उपस्थिती दह्रो बनाउन सकिने एकमत राखेका बक्ताहरुले एनआरएन अमेरीकामा देखिएको विवाद समाधान मुख्य समस्या रहेको बताएका थिए ।
एनआरएन अमेरिकाको शनिवार सम्पन्न पांचौ साधरण सभाले विगतको समस्याको जड भनेको सदस्यता वितरण प्रक्रिया भएको हुँदा सदस्य बन्दा नेपाल वा अमेरिकाको सरकारी परिचय पत्र बुझाउने, अमेरिका भन्दा बाहिरको आईपी ठेगानाबाट सदस्य बन्न र भोट हाल्न नपाउने, एउटा आईपी ठेगानाबाट एक परिवारका बाहेकले भोट हाल्न नपाउने, सदस्यको सही भेरीफिकेशन गर्ने जस्ता प्रावधानलाई समावेश गरी विवाद निरुपरण गर्दै जाने निर्णय गरेको सन्दर्भमा सबै आकांक्षी उम्मेद्वारहरु नेपालमा रहेका राजनैतिक दलको परिदृश्यमा रहेका संस्थाबाट यसलाई मुक्त पार्दै सही व्यक्तिको छनौट गर्नु पर्नेमा सबैको एकमत रहेको थियो ।
कार्यक्रमको सभापतित्व नेजा अध्यक्ष भोला आचार्यले गरेका थिए भने महासचिव तोया दाहालले कार्यक्रमको सन्चालन गरेका थिए ।
प्रमुख अतिथिमा एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेल, अतिथिहरूमा नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने, नेजा पूर्व अध्यक्ष कृष्ण शर्मा, नेपाली काङ्रेस केन्द्रीय समितिका सदस्य कल्याण गुरुङ, नेपाल जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट तथा अबैतानिक राजदूत ॠषि ढकाल थिए । स्वागत मन्तव्य नेजा क्षेत्रीय संयोजक किसन रेग्मीले गरेका थिए ।
कार्यक्रमका अन्य बक्ताहरुले आफ्नो मन्तव्य दिएका थिए । नेजाले नेपाली समुदाय र उम्मेदवारबिच पुलको काम गर्दै दुवैको संदेश एक अर्कामा सहज रूपमा पुर्याउनको लागि अमेरिकाका अन्य सहरहरूमा अन्तरक्रिया कार्यक्रम गर्दै जाने समेत अध्यक्ष भोला आचार्यले सो अवसरमा जानकारी गराएका थिए ।