राष्ट्रपति भण्डारीले भनिन् : कोरोना संक्रमणलाई परास्त गर्न हातको स्वच्छता आवश्यक छ
Thursday, October 15th, 2020, 11:29 am
amit
२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताएकी छन् ।
विश्व हात धुने दिवसका अनसरमा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।
आज अगस्ट १५ अर्थात विश्व हात धुने दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
स्वस्थ्य जीवनका लागि हात धुनुको महत्वलाई उजागर गर्दै हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ ।
यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुन पानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
यसैबीच राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने उल्लेख गरेकी छन् ।
कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको राष्ट्रपतिले उल्लेख गरेकी छन् ।