नेपाल-अस्ट्रेलिया लगानी सम्मेलन आगामी हप्तादेखि हुने
Thursday, December 3rd, 2020, 2:38 pm
amit
सिड्नी । नेपाल अस्ट्रेलिया लगानी सम्मेलन आगामी हप्ता हुने भएको छ ।
अस्ट्रेलियास्थित नेपाली राजदूतवासको आयोजना तथा महावाणिज्य दूतावासको सहकार्यमा आउँदो ८ डिसेम्बरमा एक दिने सम्मलेन आयोजना हुने भएको हो ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसारे डिसेम्बरको दोस्रो हप्ताको प्रारम्भमा वेभिनार मार्फत आयोजना गर्न लागिएको हो । सम्मेलन मार्फत दुई देशबिच लगानीको सम्भावना खोज्न लागेको राजदुत दाहालले बताउनु भयो ।
यस पटकको सम्मेलनमा अस्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी र गैर आवासिय नेपाली संघको महत्वपूर्ण सहभागिता रहने र अस्ट्रेलिया र नेपालबीचको व्यापार प्रर्वधन, लगानीका सम्भावनाहरूको खोजी र त्यसमा व्यवसायी तथा सम्वन्धित निकायको सहभागिता गराउने उद्देश्य रहेको दाहालको बताउनु भएको छ ।
केही हप्ता अघि मात्र अष्ट्रेलियाका ठुला परियोजनाहरूमा नाम कमाएको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत परियोजना र ग्रिन प्रोजेक्ट लगायतका केही महत्वपुर्ण योजनामा नेपालमा लगानी गर्ने सोचका साथ आफ्नो प्रतिनिधिलाई नेपाल पठाएको थियो ।