सुदुरपश्चिममा फिजियोथेरापी संघ गठन
Wednesday, March 24th, 2021, 9:03 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ चैत
नेपाल फिजियोथेरापी संघको सुदुरपश्चिम शाखा गठन गरिएको छ । मंगलबार धनगढीमा युवराज पाण्डेयको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अशोक मणि रिमाल, सचिवमा सुरेन्द्र प्रसाद भट्ट, कोषाध्यक्षमा गणेश सिंह भण्डारी रहेका छन । यसैगरी सदस्यहरुमा हरी सुवेदी, सुरज लेखक, सुमन भट्ट पनेरु, नविन ढुंगाना र पुजा चन्द मनोनित भएका छन । गठन गरिएको नयाँ कार्यसमितिको सल्लाहकारमा आरती रिमाल शर्मा र अनिल तिवारी रहेका छन ।
मंगलबार सुदुरपश्चिमका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीको प्रमुख आतिथ्य समिति गठन गरिएको नेपाल फिजियोथेरापी संघका केन्द्रिय सदस्य सुरज भुषालले बताए । यसअघि सोमबार कर्णाली प्रदेश शाखा गठन गरिएको थियो । सुदुरपश्चिम प्रदेशमा शाखा गठन गरै सँगै नेपाल फिजियोथेरापी संघको सातैवटा प्रदेशमा शाखा विस्तार भएको छ ।
यसैगरी महिलाहरुको सहभागितालाई प्राथमिकतामा राख्दै नेपाल फिजियोथेरापी संघको कर्णाली प्रदेश शाखा गठन गरि सकिएको छ । गठन गरिएको कार्यसमितिमा ५७ महिलाको सहभागिता छ । संघले शाखा विस्तार गर्ने क्रममा सोमबार कर्णाली प्रदेश शाखा गठन गरिएको हो । थोमस गिरीको अध्यक्षमा ५ सदस्यीय कमिटि गठन गरिएको नेपाल फिजियोथेरापी संघले बताएको छ । गठन गरिएको नयाँ कार्यसमितिको सचिवमा उमाशंकर साह, कोषाध्यक्षमा शिखा देवकोटा, सदस्यहरुमा गोबिन्द शाही, धना खड्का, पिन्सी सिग्देल, रुस्मा कठायत । सोमबार संघका केन्द्रिय अध्यक्ष लक्ष्मण अधिकारी, महासचिव समित श्रेष्ठ, केन्द्रिय सदस्य सुरज भुषाल, लुम्बिनी प्रदेशका अध्यक्ष जगदिश खनाल, उपाध्यक्ष हितेश न्यौपाने र कोषाध्यक्ष संजय पाण्डे उपस्थितीमा कर्णाली प्रदेश शाखा गठन गरिएको हो ।
समग्र फिजियोथेरापिष्टहरुको हकहितको निम्ती काम गर्ने उद्देश्यले स्थापना भएको संघले सातै वटा प्रदेशमा शाखा विस्तार गर्ने अभियान चलाएको छ । जस अन्तर्गत सोमबार कर्णाली प्रदेश शाखा गठन गरिएको संघका केन्द्रिय सदस्य सुरज भुषालले बताए । केहिदिनमा सुदुरपश्चिम शाखा पनि गठन गर्ने योजनामा रहेको उनले बताए ।