परिवार नियोजन संघका पुर्व सभापति सम्मानित
Wednesday, April 14th, 2021, 1:41 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ चैत
नेपाल परिवार नियोजन संघ बाँके शाखाको ३७औं शाखा सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य एवम् ओलम्पियन सुरेन्द्र हमालको प्रमुख आतिथ्यमा भएको सभामा पुर्व सभापतिहरुलाई सम्मान गरिनुका साथै शाखाले विभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । कार्यक्रममा कार्यसमिति सदस्य जितेन्द्र कुमार जोशीले प्रगति प्रतिवेदन, कार्यसमिति सदस्य संगीता श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
नेपाल परिवार नियोजन संघ बाँके शाखा सभापति मुना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सभापतिहरु अजित कुमार शर्मा, हेमन्त कर्माचार्य, सुरेन्द्र कुमार श्रेष्ठ, बिनम श्रेष्ठ, मुकुन्द्र केसी र स्टाफ नर्स सुमित्रा गुरुङलाई सम्मान गरिएको थियो ।
सभाको अवसरमा सभापति श्रेष्ठले संघको उद्देश्य नबुझेर राजनिति गर्ने मनसायले जथाभावी सदस्य वृद्धि गर्दा शाखाका कार्यक्रम नराम्रोसँग प्रभावित भएको बताइन । उनले भनिन,‘आफु खुसी प्रतिनिधि नपाउँदा उसको कार्यमा अवरोध सृजना गर्ने वातावरणको अन्त्य हुनुप¥यो । र संघलाई कुनै व्यक्ति विशेषले आफनो अनुरुप हाक्छु भनेर सोच्नु पनि भएन । ।’
बाँके शाखा प्रबन्धक हरि बिष्टले संचालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य प्रहलाद लखेरले स्वागत मन्तव्य राखेका थिए ।
सभामा प्रमुख अतिथि हमाल, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ अध्यक्ष सुनिल हमाल, शाखाका पुर्व केन्द्रिय सदस्य अरुणलाल श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य एवम् पुर्व शाखा सभापति अजित कुमार शर्माले भनाई राखेका थिए ।