कोरोनाले सिकाएको पाठ
Sunday, April 18th, 2021, 9:11 pm
Kalpristha
वीरेन्द्र जैसी
बाँकेमा गत वैशाख १९ गते पहिलो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछिको एक वर्षमा यो सामग्री तयार पार्दासम्मबाँकेमा चार हजार आठ सय ९५ जना मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ५७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
ज्यान गुमाउने परिवारलाई परेको पीडा अपुरणीय छ । त्यसरी मृत्यु हुनेहरुलाई परिवारले छुन त के हेर्नसमेत पाएनन् । सुरुको अवस्थामा कोरोना संक्रमित हुनेहरुलेसमेत अनेक मानसिक र समाजिक अपहेलना सहनुप¥यो ।
कोरोनाका कारणभएको करिब चार महिना लामो लकडाउनले हरेक मानिसको जनजीवनलाई नराम्रोसँग प्रभावित ग¥यो । उक्त लकडाउनका कारण आम मानिसहरुले व्यहोर्नुपरेको क्षतिको त हरहिसाब नै छैन । पर्यटनलगायतका कतिपय व्यवसायहरु अझै तंग्रिन सकेका छैनन् । जनजीवनको कुनै यस्तो पाटो छैन जहाँ कोरोना महामारीले असर नगरेको होस् ।
महामारीका कारण रोजगारी गुमाएर र हतास मानसिकतामाजमुनाह नाकामा लागेको मानिसहरु भिड, महेन्द्र बहुमुखी क्याम्पसमाक्वारेन्टाइनमा राखिएका मानिसहरु पर्खाल नाघेर भागेको कारुणिक दृष्य, भारतबाट भोकैप्यासै आफ्नो देश आइपुगेका नरैनापुरका एक युवकले क्वारेन्टाइनमैदुःखद मृत्युवरण गर्नुपरेका विडम्वनाहाम्रा मानसपटलमा ताजै छन्।
कोरोनाले जताततै अस्तव्यस्तता मात्रै निम्त्यायो । अहिले कोरोनाको दोस्रो लहर सुरु हुँदै गर्दा फेरि उस्तै अवस्था दोहोरिने हो कि भन्ने आशंका बढ्न थालेको छ । तरपनि भन्ने गरिन्छ, हरेक विपत्तिले केही न केही अवसर लिएर आएको हुन्छ । कोरोनाले पनि बाँकेबासीका लागि केही अवसरहरु पनि लिएर आयो ।
कोभिड–१९ले सबैभन्दा ठूलो स्वास्थ्य सचेतना बढाएको छ । मानिसहरुलाई हात धुनुको महत्व राम्ररी थाहा भएको छ । आजभोली प्रायः कार्यालयमा र विद्यालयहरुमा हात धुनका लागि पानीको व्यवस्था गरिएको देख्न सकिन्छ ।साबुनपानीको महत्व मानिसहरुले महसुस गरे । मानिसहरुले माक्सको पनि प्रयोग गर्न थाले ।यसका साथै मानिसमा जडिबुटी र योगप्रतिको विश्वास पनि कोरोनाले बढायो ।
बाँकेको खजुरा–२, सत्याल टोलमा आएको परिवर्तन उल्लेखनियछ । दलित समुदायको बाहुल्यता रहेको उक्त टोलमा अहिले भएको हात धुका लागि घरघरमा धाराको व्यवस्था गरिएको छ ।सरसफाइ गर्ने बानीको विकास कोरोनाले ल्याएको एक ठूलो परिवर्तनका रुपमाबुझ्न सकिन्छ ।
अर्काेतिर वर्षाैँदेखि भेट्न नसकेकामानिसहरु कोरोनाकै कारण भेट्नपनि पाए । हुन त महामारीले भेट हुनै लागेका मानिसहरुलाई पनि भेट हुन दिएन । कतिपय विदेशमा रहेका र आउनलाई तयारअवस्थामा रहेका मानिसहरु घर फर्किन पाएनन्। तर यहीबेलाकतिपयको वर्षाैँपछि पारिवारिक मिलन भयो । लकडाउनकै बेला आफ्नो परिवारलाई समय दिन पाए । कोरोनाले हाम्रोजस्तो पारिवारिक संरचनाको महत्व पनि उजागर गरिदियो ।
भेरी अस्पतालमा आएको परिवर्तन, डा. संकेत रिसालबाट
हुन त कुनैपनि महामारी सुखद त हुँदैन । यसका यति धेरै नकारात्मक पाटा छन् कि तिनसँग हामी सबै परिचित भइसक्यौँ । तर महामारीले ल्याएका केही सकारात्मक परिवर्तन पनि छन् । मुख्य कुरा यसले स्वास्थ्य सचेतनाजागृत गरेको छ । आम सर्वसाधारणमा पनि स्वास्थ्य सचेतना थोरै मात्रामा भएपनि विकास भएको छ । त्यसलाई व्यवहारमा भने निरन्तरता दिनु आवश्यक छ । यसैगरी स्वास्थ्यकर्मीमा पनि महामारीसँग जुध्ने ठूलो अनुभव कोरोनाले प्रदान ग¥यो । अत्यन्त विषम परिस्थितिमा बाँकेका स्वास्थ्यकर्मीले गरेको मिहिनत र शाहस साँच्चै तारिफयोग्य र अनुरकणीय छ ।
अस्पताल र स्वास्थ्य पूर्वाधारको सुधारमा पनि सकारात्मक परिवर्तन देखा प¥यो । बाँकेको भेरी अस्पतालमा कोभिड आउनुपूर्व सानो ६ बेडको आईसियु थियो । कोभिडपछि अस्पतालको संरचनामा पनि विकास भयो । लगभग ९० वटा बेड कोभिडकै लागि भनेर बढाइयो । ती बेडहरु पनि जनरल वार्डकाजस्ता बेड नभएर उत्कृष्ठ प्रकारका बेडहरु, अक्सिजन सप्लाईहरु सहितको बेडहरु छन् ।
भेरी अस्पतालले यी बेडहरु सामान्य अवस्थामा पनि थप्थ्यो होला । तर, त्यति छिटो थप्न सक्थेन । हामीले नेपाल सरकारमात्र होइन बाँकेका स्थानीय सरकारसँग पनि सहकार्य ग¥यौँ । त्यसपछि हामीले अस्पतालको पुरानो एउटा स्टोरलाई मोडिफाई गरेर वार्डमा परिणत ग¥यौँ । अहिले त्यस वार्डबाट पनि कोभिडका बिरामीहरुले सुविधा पाइरहेका छन् ।त्यहाँपनि बेडमै अक्सिजन सप्लाईदेखिलिएर सबै सुविधा थप्न हामी सफल भयौँ ।
कोभिड पूर्व हामीसँग पिसिआर मेसिनहरु थिएन । सरकारले भेरी अस्पताललाई पिसिआर मेसिन पनि उपलब्ध गरायो । स्वाब कलेक्सन गरेर काठमाडौं नै पु¥याउनुपर्ने बाध्यतालाई त्यसले हटाइदियो । अहिले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जनताले यसको लाभ उठाइरहेका छन् ।
त्यसैगरी इमरजेन्सि विभागमा पनि१६ बेड पहिलेदेखि नै थियो । हामीले कोभिड महामारीलाई ध्यानमा राखेर त्यहाँका केही बेडमा मनिटर र सबै बेडमा अक्सिजन सप्लाईको व्यवस्था ग¥यौँ ।कोरोना बाहेक अन्य बिरामीका लागि अक्सिजनसहितको एक सय १५ बेड थप गरिएको छ ।
अहिले भेरी अस्पतालको ९० प्रतिशतभन्दा बढी बेडमाअक्सिजनको सप्लाई गर्न सकिने भएको छ । हुन त यी सबै सुविधाहरु अस्पतालमा अनिवार्य हो । तर, पहिले नभएको सुविधा कोभिडपछि थपियो ।
अर्काेकुरा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवाप्रति अझै जिम्मेवार बनायो भने मानिसहरुमा उनीहरुप्रति विश्वास पनि बढाइदियो ।
आइसोलेसनका लागि स्थानीयतह र जिल्ला समन्वय समितिले कूल एक करोड रुपैयाँ सहयोग गरेका छन् । जसमा जिल्ला समन्वय समितिको ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिको ६ लाख २५ हजार रुपैयाँ र कोहलपुर नगरपालिकाको तीन लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो । साथै अन्य जिल्लाका ६ वटा स्थानीयतहले क्रमशः दुई लाख ५० हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।
नेपालगन्जको व्यापारमा भएको फाइदा
कोभिडपछि बाँकेको व्यापारले पनि केही सकारात्मक लाभ लियो । पहिले सानोतिनो साधन र घरायसी उपभोग्य सामानका लागि पनि भारतीय सीमावर्ती बजार रुपैडिहा पुग्ने नेपालगन्जबासीहरुलाई बन्द सीमाले त्यो छुट दिएन ।
सीमा बन्द भएपछि रुपैडिहामा घुइँचो लाग्ने नेपाली ग्राहकहरु नेपालमै रोकिए । यहाँको व्यापारमा त्यसले सकारात्मक प्रभाव नै पा¥यो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीसीमा बन्दले नेपाली व्यापारीहरुलाई फाइदा पुगेको बताउँछन् । नेपालगन्ज उद्योग वाणिज्य संघले धेरै पहिले देखि नै खुला सीमामा कडाई गरिनुपर्ने बताउँदै आएको थियो । कोभिडपछि भएको सीमा बन्दले उक्त कुराको औचित्य पुष्टि गरेको ओलीले बताए ।
‘हामीले धेरै पहिले देखि नै भन्दै आएका छौँ कि खुला सीमा हाम्रा लागि उपयुक्त छैन । कोभिडपछि भएको सीमा बन्दले हाम्रा ग्राहकहरुलाई नेपाली व्यापारी सम्झिन बाध्य पा¥यो । यस फाइदालाई निरन्तता दिनु आवश्यक छ,’ ओलीले भने ।
सीमामा कडाई हुनुले व्यापारीलाई मात्रैनभई राज्यलाई पनि फाइदा पुग्छ भन्ने ज्वलन्त उदाहरण यसवर्ष देखिएको ओलीले बताए । ‘नेपालगन्ज भन्सारको राजस्व असुली दर लक्ष्यभन्दा करिब एक सय ६० प्रतिशतसम्म बढी हुनु सीमा कडाइ हुनुकै परिणाम हो,’ ओलीले भने, ‘सीमा कडाई हुनुले तस्करी पनि नियन्त्रण हुन्छ भन्ने प्रमाण पनि हो यो ।’
सीमा बन्द हुँदा र खुला हुँदाको नेपालगन्जको व्यापारमा महसुस हुनेगरी फरक परेको ओलीले बताए । ओली भन्छन्,‘सीमा बन्द हुँदाको समयमा नेपाली ग्राहकहरुको नेपालगन्जमा चाप र अहिले फेरि खुला हुँदाको चापमा फरक आएको छ । अहिले फेरि ग्राहकहरुको घुइँचो सीमापारी सोझीँदै छ । यसलाई रोक्नसक्नुपर्छ ।’ कोभिडले हाम्रा लागि खुला सीमाभन्दा बन्द सीमा नै उपयुक्त हुन्छ भन्ने ज्ञान दिएको ओलीले बताए ।
भाटभटेनी सुपरमार्केट
नेपालगन्जमा कोरोना महामारीसँगै सुरु भएको थियो, भाटभटेनी सुपरमार्केट । विषम परिस्थितिमा सुरु भएको सुपरमार्केटले नेपालगन्जका उपभोक्तालाई निकै प्रभावित ग¥यो । कतिपयमा सुपरमार्केटमा गएर खरिद गर्ने बानीको विकास गराइदियो । भाटभटेनीकानेपालगन्ज प्रवन्धक विनोद भट्राईले कोरोनाका कारण गरिएको लकडाउनका बेला भाटभटेनी सुपरमार्केटले यहाँका उपभोक्तालाई ठूलो सेवा दिएको बताए । ‘महामारीमा पनि हामीले यहाँका उपभोक्ताहरुलाई सुपथ मुल्यमा उपभोग्य वस्तुहरु उपलब्ध गराउन सक्यौँ । भर्खरै स्थापीत र यस क्षेत्रकालागि नयाँ प्रकारको सुविधा लिएर आउँदा के हुने हो? भन्ने त थियो । तर धेरै राम्रो भयो,’ भट्राईले भने ।
यहाँका उपभोक्ताले भाटभटेनीप्रति सकारात्मक प्रतिक्रिया दिने गरेको भट्राईको भनाई छ । अब अझै सुपथ र गुणस्तरीय सेवा दिनेतिर भाटभटेनीले सोचिरहेको उनले बताए । सीमा क्षेत्रका उपभोक्ता नेपाली बजारभन्दा भारतीय बजार र उत्पादनमा बढी लोभिन्छन् भन्ने धारणालाई पनि भाटभटेनीले तोडेको भट्राईको दावी छ ।
बाँके मात्रै नभई छिमेकी जिल्लाकाउपभोक्ताहरु पनि नेपालगन्ज आएका बखत भाटभटेनीमै खरिद गर्न पुग्ने गरेका छन् । भाटभटेनीले पनि नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिँदै आएको छ । ‘पहिले करेन्ट चाउचाउ जस्तै कोरियन चाउचाउको माग अत्यधिक थियो । अहिले उक्त चाउचाउको करिब ६० प्रतिशत माग हामीले करेन्टबाटै विस्थापित गरिसकेका छौँ । त्यस्तै ब्रिटानिया बिस्कुटको अधिकांश माग पनि नेपाली बिस्कुटबाटै विस्थापित गरिसकेका छौँ । उपभोक्ताहरुले पनि त्यसलाई साथ दिनुभएको छ,’ भट्राईले भने ।
भाटभटेनीले उपभोक्तालाई सहज सेवा मात्रै नभई ठूलो मात्रमा रोजगारी पनि प्रदान गरेको छ । हाल नेपालगन्जमा मात्रै स्थानीय दुई सयभन्दा बढी युवायुवतीले रोजगारी पाइरहेका छन् । भाटभटेनीमा सबैभन्दाबढी किराना समान त्यसपछि भाँडाकुँडा र अन्डरगार्मेन्टका समानहरु लकडाउनका बखत बढी बिकेको पाइएको छ ।
विद्यालयमा परिवर्तन
कोभिडपछि विद्यालयहरुले स्यानिटाइजर र माक्सको प्रयोग गराउन थालेका छन् । अधिकांश विद्यालयमा स्यानिटाइजर राखिएको देख्न सकिन्छ । कतिपय विद्यालयले हात धुने धाराको पनि व्यवस्था गरेका छन् ।
बालबालिकाहरुलाई हातधुने तरिकाका विषयमा पनि विद्यालयहरुले सचेत गराउन थालेका छन् । कतिपय विद्यालयहरुले बालबालिकालाई अनलाइनबाट पढाउन प्रविधिको प्रयोग समेत बढाएका छन् । शिक्षकहरुले पनि प्रविधिको प्रयोग गर्न सिकेका छन् भने विद्यार्थीहरुमा पनि प्रविधिको प्रयोगबाट अध्ययन गर्ने बानीको विकास भएको छ ।
हुन त महामारीले ल्याएको सकारात्मक परिवर्तन यसले पु¥याएको नकारात्मक असरका सामु गौण होला । तर तीनै सकारात्मक परिवर्तन अनुभवहरु नै हाम्रालागि आगामी दिनमा आउनसक्ने विपत्तिसँग जुध्न सहायक सिद्ध हुनसक्छन्।