नेपालगन्जमा पानी बैंक स्थापना
Saturday, May 8th, 2021, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ वैशाख
नेपालगन्जमा पानी बंैकको स्थापना गरिएको छ । कोभिड-१९ को महामारीका समयमा अस्पतालमा भएमा बिरामी र अन्य व्यक्तिलाई पानीको अभाव नहोस भन्ने उद्देश्यले नेपालगन्जको नेपाल मानव धर्म सेवा समितिमा पानी बंैकको स्थापन गरिएको हो ।
शनिबार सामाजिक दूरी कायम गरी आयोजना गरिएको कार्यक्रममा उमेशकुमार रौनियारले ६० हजार बराबरको पाँच सय प्याकेट पानी बैंकलाई प्रदान गरेका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिकाकी उपमेयर उमा थापामगरले यस्तो जटिल अवस्थामा हुन सक्ने पानीको अभावलाई पानी बैंकले ठूलो राहत प्रदान गर्ने बताइन् । साथै कार्यक्रका अध्यक्ष ललितकुमार रौनियर, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले यस अभियानमा सबैले हालेमालो गरेर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल सिवसेना केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले उक्त पानी भेरी अस्पतालको आइशोलेसनमा रहेका बिरामी र अस्पतालमा रहेको रसोही घरलाई आवश्यकता अनुसार प्रदान गरिने बताए ।
यसअघिपनि रौनियार परिवारले सुरक्षामा खटिएका सुरक्षाकर्मी र अस्पतालको रसोही घरलाई एक सय प्याकेटका दरले पानी उपलब्ध गराएका थिए ।
यसैबीच कार्यक्रममा ललितकुमार रौनियारले पत्रकारहरुको सुरक्षाका लागि पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीलाई मास्क र सेनिटाइजर पनि प्रदान गरे ।
