नेपालगन्जका महिलालाई हिमानीको सहयोग
Sunday, May 30th, 2021, 1:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ जेठ
नेपालगन्जमा तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ । यसै क्रममा नेपालगन्ज उप–महानगरपालिकाले दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन सहयोग गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाले संचालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबार मेसिन उपलब्ध गराइएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, कार्यपालिका सदस्य ईन्दिरा शाही लगायतले मेसिन हस्तान्तरण गरेका थिए ।
महिलाको सुरक्षा र अधिकार, संकटकालिन व्यवस्थापन हाम्रो सरोकार भन्ने मुलनाराका साथ दिवस मनाएको छ । कोभिड संक्रमणलाई मध्यनजर गर्दै यसवर्षको दिवस मनाइएको उप–प्रमुख उमा थापा मगरले बताइन । उप–महानगरपालिकाले नगरका विभिन्न ११ मुख्य चौकमा दिवसको ब्यानर राखेको छ ।
नेपाल प्रहरीले थप एक स्थानमा ब्यानर राखेको छ । दिवसको अवसरमा आईतबार विहान जुम प्रविधीमार्फत रेडियो अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा उप–प्रमुख मगर, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओमवहादुर राना, अधिबक्ता सुनीता शर्मा लगायतको सहभागिता रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले बताइन ।