सामाजिक कार्य गर्दै जन्मदिन मनाईन उप–प्रमुख मगरले
Thursday, June 3rd, 2021, 4:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० जेठ
कोभिड नियन्त्रणमा सक्रिय भएर काम गरेकी युवा नेतृ उमा थामामगरले जन्मदिनको अवसरमा विभिन्न संघ संस्थालाई सहयोग गरेकी छिन ।
नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले कोभिड रोकथाम र नियन्त्रणको अभियानमा काम गरिरहेका संस्थालाई सहयोग गरेकी छिन ।
हाल कार्यबाहक नगर प्रमुखको जिम्मेवारीमा रहेकी मगरले जन्मदिनको अवसरमा कोभिड रोकथाम र नियन्त्रणको अभियानमा क्रियाशिल नेपाल पत्रकार महासंघ बाँके शाखालाई एम्बुलेन्स खरिदका लागि पाँच हजार एक सय सहयोग गरिन ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उनले सहयोग रकम हस्तान्तरण गरेकी थिइन । भेरी अस्पतालमा २० रुपियाँमा विरामी र कुरुवालाई खाना खुवाईरहेको अञ्जनी माता रसोईमा उपप्रमुख मगरले पाँच हजार एक सय रसोईका व्यवस्थापक जितेन्द्र ठाकुरलाई मगरले दिइन ।
यसैगरी लायन्स क्लव अफ नेपालगञ्ज पञ्चशिलले संचालन गरेको खाद्य बैंकलाई उप–प्रमुख मगरले पाँच हजार एक सय संस्थाका अध्यक्ष भावना सापकोटा र कोषाध्यक्ष केवलकुमार वैश्यलाई हस्तान्तरण गरिन । यसैगरी बागेश्वरी असल शासन क्लव (बास)द्वारा सञ्चालित मास्क बैंकका लागि पाँच हजार एक सय रुपियाँ अध्यक्ष रमेश सिटौलालाई प्रदान गरिन । गतवर्षदेखि कोभिड रोकथाम र नियन्त्रणका लागि उपप्रमुख मगरले सक्रिय भएर काम गर्दै आएकी छिन ।