गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्दैं
Friday, June 11th, 2021, 7:34 pm
Kalpristha
कालपृष्ठ डेक्स
नेपालगन्ज, २८ जेठ
नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन गर्ने प्रक्रिया शुक्रबारबाट सुरु भएको छ । विहिबार पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले विश्वासको मत पाउन नसकेपछि ढलेको हो । सरकार ढलेपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि बाटो खुलेको हो ।
शुक्रबार प्रदेश प्रमुख कार्यालयमा नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पत्र दर्ता गरिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्नको लागि ३१ सांसद संख्या आवश्यक थियो । स्वतन्त्र सासद राजिव गुरुङले समर्थन गरेपछि बिपक्षी गठबन्धनलाई सरकार बनाउनका लागि बहुमत पुगेको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि पत्र दर्ता भएको हो । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको १५, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को ११, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टी नेपालको २ र १ स्वतन्त्र गरी ३१ जनाले नेपाली कांग्रेसका नेपालीलाई विश्वासको मत दिन्छु भनेर समर्थन गरेका छन ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेश सरकारको सत्तासमिकरणले नयाँ मोड लिएको थियो । जसले केपी ओली नेतृत्वमा रहेको सरकारलाई समेत धक्का पुगेको छ ।
बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा २७ मत आएको थियो भने बिपक्षीमा ३० मत परेको थियो । सरकारलाई विश्वासको मत प्राप्त गर्नका लागि गण्डकी प्रदेशमा ३१ मत आवश्यक थियो ।
प्रदेश सभामामा ५८ जना उपस्थित भएपनि ५७ जनाले मतदान गरेका थिए । जनमोर्चाका एक सासद तटस्थ बसेका थिए । गण्डकी प्रदेशमा नेकपा ओली नेतृत्वको सरकार थियो । एमालेका सासदले विश्वासको पक्षमा मतदान गरेपनि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चाले बिपक्षीमा पतदान गरे । एक जना स्वतन्त्रण रहेका सासद राजिव गुरुङले मतदानमा भाग लिएका थिएनन ।