जसोदाको स्मृतिमा बृक्षारोपण र चौतारो निर्माण
Friday, June 11th, 2021, 8:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बैजनाथ, २८ जेठ
बाँके बैजनाथ गाउँपालिकाका उदयीमान युवा उद्यमी डम्बर रावतले आफनो आमाको स्मृतिमा बृक्षारोपण गरेका छन । डम्बर र रावत परिवारले मानखोलामा चौतारो समेत निर्माण गरेका छन ।
कोरोना संक्रणका कारण गत बैशाख १४ गते कोलहपुर स्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा उद्यमी डम्बर एवम् स्थानीय समाजसेवी खिम बहादुर रावतकी धर्मपत्नी जसोदा कुमारी रावतको मृत्यु भएको थियो । जसोदाको ४५औं दिनको पुण्य तिथिको अवसरमा मानखेला घाटमा मलामी जाने मानिसहरुलाई सजिलो होस भन्ने उद्देश्यले चौतारो निर्माण गरेको रावत परिवारले बताएको छ ।
करिब एक लाखमा निर्माण गरिएको चौतारोका एक समारोहका बिच रावत परिवारले चौतारोको उद्घाटन गर्दै ‘जसोदा स्मृति चौतारो’ नामाकरण गरेका छन् । मानखोला घाटमा मलामीहरु लाई बस्न सहजताका लागि आमाको स्मृतिमा पक्की चौतारो निर्माण गरिएको डम्बरले बताए ।
त्यसै गरि जसोदाको स्मृतिमा बैजनाथ– ६ स्थित हरियाली सामुदायिक बन हाताभित्र रहेको खेलमैदानमा महत्वपूर्ण १सय १वटा विभिन्न जातका बिरुवाहरु समेत रोपिएको रावतले बताए ।
खेलमैदानमा असोक , स्वामी , छतिवन लगायतका बिरुवाहरु मृतको स्मरणमा रोपिएको परिवारले बताएको छ ।