वडा अध्यक्ष बर्मा भन्छनः समाचार गलत नियतले लेखिएको छ
Sunday, June 13th, 2021, 3:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० जेठ
नेपालगन्ज उप–महानगरपालिका वडा–१८ का वडाध्यक्ष दिपक वर्माले बडा कार्यालयबाट भैरहेको विकास निर्माणका कार्यलाई लिएर केहि संचारमाध्यम प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आइतबार एक विज्ञप्ती जारी गर्दै वडा कार्यालय र आफनो बारेमा गलत समाचार प्रकाशित गरेको बारेमा आफनो ध्यानाकर्षण भएको बताएका छन ।
वडा कार्यालय अन्तर्गत निर्माण भैरहेको भौतिक पुर्वाधारको विषयमा नेपालगन्जबाट एक अनलाइनमा समाचार प्रकाशित भएको थियो । अध्यक्ष वर्माका अनुसार नेपालगन्ज उप–महानगरपालिकाभित्र संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगंजद्वारा निर्माणाधिन सडकहरु मध्ये वडा नम्बर १८ को बाईपास रोडमा नेपाल टेलिकमको तार विस्तार प्रयोजनका लागि ठेकेदारले खाल्डो बनाई बनाएको छ ।
टेलिकम प्राविधिक विषय भएका कारण वडा कार्यालयले बारम्बार सो खाल्डो पुर्नका लागि टेलिकम कार्यालय र निर्माण ब्यवसायीलाई ताकेता गर्दै आईरहेको भन्दै वडाध्यक्ष वर्माले सडकको खाल्डो पुर्ने वडा कार्यालयले नभई टेलिकमको भएको यथार्थता नबुझि वडा कार्यालयको कमजोरी देखिने गरि समाचार प्रकाशित भएको बताए ।
समाचारको विषयमा पत्रकार संगीता पाठक(सन्ध्या)लाई सत्यतथ्य नबुझी किन समाचार प्रकाशन गरेको, तपाईको विरुद्धमा कानुनी उपचार किन नखोज्ने भन्दै मोवाईलमा संवाद गरिएको तर कसैलाई धाक धम्की नदिएको अध्यक्ष बर्माले बताएका छन ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आफुले सधै सम्मान गर्दै आएको बताउँदै अध्यक्ष वर्माले स्वतन्त्रताको नाममा स्वच्छन्दता किमार्थ स्वीकार गर्न नसकिने विज्ञप्तीमा उल्लेख गरेका छन । उनले एकपछि अर्को गरि चरित्र हत्या गर्ने गरि प्रकाशित समाचारको विषयमा कानुनी उपचार खोज्ने निर्णयमा पुगेको बताएका छन । वर्माले सत्य,तथ्य बुझेर मात्रै समाचार प्रकाशन र प्रशारणका लागि संचार माध्यम र संचारकर्मीहरुलाई हार्दिक अनुरोध समेत गरेका छन ।