अबको लक्ष्य: एन्फामा भिजनसहितको योजना आवश्यक
Tuesday, June 15th, 2021, 7:16 am
Kalpristha
जी. थापा
नेपालगन्ज, १ असार
नेपाली राष्ट्रिय टोली हेरिरहेका कुवेती प्रशिक्षक एएमाथि नेपाललाई आउँदै गरेको साफ च्याम्पियनसीप जिताउने लक्ष्य मुख्य चुनौती रहेको छ ।
फिफा विश्वकप तथा एसियन कप छनौटका तीन खेल खेलेर भर्खरै स्वदेश फर्केको नेपाल टोलीमा प्रतियोगितामा जोर्डन र अष्ट्रेलियाजस्तो बलियो टोलीसँग जित निकाल्न असफल भएपनि नेपालले विगतमा खेल्ने शैलीमा केही सुधार पक्कै गरेको मान्नुपर्छ ।
छनौट खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले पराजित गरेको थियो । यस्तै जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले खेल गुमाएको थियो । अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने टोलीमा अनिवार्य रुपमा प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुनुपर्ने प्रावधानको कारण एन्फाको समन्वयमा प्रो. लाईसेन्स होल्डर अब्दुल्लाह अलमुताईरी(एए) केही समयअघि नेपाली टोली हेर्न नेपाल आएका थिए । एन्फाले प्रो. लाईसेन्स प्राप्त नेपाली रेफ्री उत्पादनको लागि चाँडै पहल गर्नुपर्ने हुन्छ । अन्यथा ठूला प्रतियोगिता एवं एक्सपोजरका लागि खेलिने मैत्रीपूर्ण खेलहरु खेल्नकै लागि विदेशी प्रशिक्षकको बसाइँ लम्ब्याउनुपर्ने बाध्यकारी अवस्था रहन सक्ने देखिन्छ ।
एन्फामा भिजनसहितको योजना मुख्य आवश्यकता ः
एन्फाले एएलाई फिफा विश्वकप छनौट खेलमा नेपाललाई चौथो स्थानसम्मको लक्ष्य जिम्मेवारीसहित मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । सो जिम्मेवारीमा उनी सफल भएको देखिन्छ । एउटा प्रशिक्षकलाई यो र त्यो स्थानसम्म पु¥याउने जिम्मेवारी दिनु वाञ्छनीय छ । प्रशिक्षकलाई पनि लक्ष्य बनाउन र सोही अनुसार नतीजा निकाल्न सके जिम्मेवारी पूरा भएको अनुभव हुन्छ ।
एन्फाले अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा स्पष्ट नतीजा ल्याउनका लागि एउटा प्रशिक्षकको क्षमतामा भर पर्नुभन्दा पनि एन्फा आपैंm सक्षम बन्न भिजनसहितको योजना बनाउन जायत हुन्छ । यसका लागि सात वटै प्रदेशमा ग्रास रुप फुटबल परियोजना संचालनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।
पुरस्कार-नगद राशिको पूर्व घोषणाले प्रदर्शनमा असर ः
पछिल्लो समय दक्षिण एशियाली खेलकुद एवं साफ च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक विजेता टोलीका सदस्यलाई सोच्नै नसक्ने पुरस्कार उपलब्ध गराउने भन्ने सपना बाड्दा खेलाडीको प्रदर्शनमा मानसिक असर परेको र टोली सेमिफाइनलबाटै बाहिरिएको तितो अनुभवहरु छन् । पूर्व कप्तान राकेश श्रेष्ठ, बसन्त थापा, सागर थापाको पालामा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले कहिले साफ च्याम्पियनसीपको उपाधि जित्ने सबै खेलाडीलाई काठमाडौंमा एक आकर्षक फ्ल्याट उपलब्ध गराउने घोषण गर्ने, कहिले प्रति व्यक्ति जनही पाँच लाख उपलब्ध गराउने भन्ने आकर्षक नारा दिएर खेलाडीहरुलाई चमत्कारित प्रदर्शनको लागि लोभ्याउने निर्णयहरु गर्न हरहमेसा लालाहित हुन्थे ।
यसले गर्दा खेलाडीहरु भोलिको प्रदर्शनलाई लिएर रातभरि अनिधो रहने र रातभर अनेकन कुराहरु खेल्ने हुँदा मैदानमा दबाब महसुस भई खेल नै गुमाउने अवस्था सृजना हुन्थ्यो ।
अहिलेको आधुनिक फुटबलमा खेलाडीहरुलाई सपना बाँड्ने वा उनीहरुलाई दबाबमाथि दबाब थुपार्नेभन्दा पनि उनीहरुलाई मैदानमा खुलेर प्रदर्शन गर्ने वातावरण निर्माण गर्नुपर्ने हुन्छ । यसले खेलको स्तर र खेलाडीको प्रदर्शन दुबैमा क्रमशः सुधार ल्याउँछ ।
पछिल्लो समयमा भएका प्रयोगहरुबाट एन्फा र समग्र नेपाली फुटबलले के पायो ? वा भनौं, हामीले अन्तरराष्ट्रिय प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन र नतीजा निकाल्न कहाँ निर चुक्यौं ?
नेतृत्वपक्तिमा बसेका पदाधिकारीहरुले यी प्रश्नहरुको उत्तर खोज्नै पर्ने हुन्छ ।
माथिका कुराहरु प्रति गम्भिर भएर बंगलादेशमा हुने आसन्न साफ च्याम्पियनसीपमा उच्च मनोबलका साथ उत्रनु नै हाम्रा लागि सबैभन्दा उत्तम बाटो हो । नभए, विगतमा झै च्याम्पियन टोलीलाई यो पुरस्कार दिइने घोषणा गर्ने ।
त्यसैगरी मुख्य प्रशिक्षकले च्याम्पियनसीप जित्ने योजना बनाउने र त्यसैमा नेतृत्व तह रमाउने अवस्थाले खेलाडीहरुमा प्रोत्साहनको सटृा झनै अलमलको अवस्था सृजना हुनसक्छ । साफ च्याम्पियनसीपकै लागि विशेष फ्रेमवर्क तयार पारि मुख्य प्रशिक्षकको योजनाहरुलाई बुस्ट गर्ने किसिमका रचनात्मक एवं सृजनशील आधारहरु निर्माणमा जुट्नुपर्दछ । साफ च्याम्पियनसीप उपाधि जित्ने अभियानका लागि मुख्य प्रशिक्षकले तयार पारेका आधार र योजनालाई नै आघात पुग्ने गरी एकाएक विगतमा झै पुरस्कारको स्वघोषणा गरिदिए फेरि अर्को त्रुटी दोहोरिन सक्छ । यसका लागि एन्फा स्वयँ र प्रशिक्षकको मनसाय नबाझिने गरी समयमै गृहकार्य गर्नु समयसापेक्ष हुने देखिन्छ ।
अष्ट्रेलियन प्रशिक्षकको नेपाली खेलाडी प्रतिको धारणा ः
नेपालले फिफा विश्वकप छनौट अन्तर्गत पहिलो लेगमा अष्ट्रेलियासँग ५–० को फराकिलो हार व्यहोरेको थियो । कुबेतमा सम्पन्न दोस्रो लेगमा अष्ट्रेलियाविरुद्ध खेल्दा ३–० गोलअन्तरले पराजित भएपनि प्रदर्शन भने सुधारात्मक रह्यो । नेपालसँगको खेलमा उनको विशेष योजना भएको औल्याउँदै उनले खेलपछिको अर्चुअल पोस्ट मेच कन्फरेन्समा नेपाली टोलीको प्रशंसा गर्न कुनै कन्जुसाइ देखाएनन् । खेल अवधिभर नेपाली खेलाडीहरुले लडेर पनि उठ्दै जोशिलो खेल प्रर्दशन गरेकोमा उनी गोर्खालीप्रति प्रभावित भएको उनको निष्कर्ष थियो । उनका यस भनाइबाट पनि राष्ट्रिय टोलीलाई नजिकीदै गरेको साफ च्याम्पियनसीपको तयारीको लागि ऊर्जा थपेको छ ।
विदेशी समकक्षी प्रशिक्षक,समीक्षकहरुले नेपाली खेलाडीको सबल पक्षलाई लिएर गरेको सकारात्मक टिप्पणीलाई डकुमेन्टशन गर्ने र यसलाई कार्यशालामा छलफलको विषय बनाउँदा भविष्यका लागि सफल मार्गदर्शन बन्न सक्छन् । यी यस्ता स–साना विषयहरुलाई सम्बोद्धन हुने गरी सुक्ष्म व्यवस्थापन गर्नसके एन्फाको भूमिका रणनैतिक दृष्टिले समेत सफल हुने देखिन्छ ।
नेपाली फुटबलको अभिभावक संस्था एन्फा आफैंले रणनैतिक सोचमा अग्रसरता देखाएमा नेपाली फुटबलमा जितको आधार निर्माण हुने छ । जितको लागि खेल्ने टोलीले कहिल्यै पनि नेगेटिब (रक्षात्मक) फुटबल खेल्दैन । जित्नु छ भने आक्रमक फुटबल खेल्नैपर्छ । त्यसपछि मात्र खेलले नतीजामा परिवर्तन ल्याउँछ । विस्तारै खेल्ने शैलीमा परिवर्तन ल्याउँछ । देशको परिचय स्थापित गर्न फुटबल एउटा आधार स्तम्भ बन्न सक्छ । यसका लागि अवश्य धेर्यता चाहिन्छ । एकै दिनमा, एकै खेलमा राम्रो नतीजाको आशा गर्नुहुन्न । आज जित्न नसके पनि भोलि जित्ने आधारहरु तयार हुन सक्लान् ।