आर्थिक समृद्धिको जगलाई बलियो बनाउँदै भेरी सहकारी
Tuesday, June 15th, 2021, 12:31 pm
Kalpristha
शोभा गुरुङ
नेपालगन्ज, १ असार
नेपालमा २०४८ सालमा सहकारी ऐन तर्जूमा भई कार्यान्वयनमा आएको थियो । त्यसको चार वर्षपछि २०५२ सालमा नेपालगन्जका विभिन्न क्षेत्रका व्यावसायीक अगुवाहरुको सक्रियतामा भेरी सहकारी वित्तीय संस्था लि. को स्थापना भयो । बाँके जिल्ला कार्यक्षेत्र बनाई २०५२ साल चैत्र १ गते २२-०५२-०५३ दर्ता नम्बर लिइ जिल्ला सहकारी संघ बाँकेमा दर्ता भएको भेरी सहकारी वित्तीय संस्था लिमिटेडमा त्यतिबेला जम्मा २८ जना संस्थापक सदस्यहरु थिए । यस सहकारी स्थापनाको मूल उदेश्य बचत गर्ने बानीको विकास गर्नु र विपन्नहरुको आर्थिक अवस्था उकास्न सहयोग गर्नु रहेको थियो ।
सहकारी दर्ता भएको ७ दिनपछि २०५२ साल चैत्र ८ गते श्री अच्युत प्रसाद प्रसाईको अध्यक्षतामा ११ सदस्यीय सन्चालक समिति चयन गरियो । जसको सदस्यमा श्री मधुसुदन रिजाल, श्री बामदेव पौडेल, श्री लक्ष्मीनाथ नेपाल, श्री कृष्णप्रसाद घिमिरे, श्री विष्णुप्रसाद मैनाली, श्री गोपाल गिरी, श्री पदमा भट्टराई, श्री हरी भण्डारी, श्री कोमानन्द अधिकारी र श्री बखतबहादुर मल्ल रहनु भएको थियो ।
कार्यसमिति चयनपछि २०५२ साल चैत्र २७ गते नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा सिमीत बैंकिङ कारोबार गर्न स्वीकृतिका लागि निवेदन दिइयो । नेपाल राष्ट्रिय बैंकको ऐन २०१२ ले दिएको अधिकार प्रयोग गरी सर्तहरुको अधिनमा रही निक्षेप संकलन गर्न र आफ्ना सदस्यहरुलाई मात्र कर्जा प्रवाह गर्न पाउने गरी मिती २०५३ फागुन २४ गते नेपाल राष्ट्र बंैकबाट सिमीत बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त भयो ।
मिती २०५७ साल बैशाख ६ गते नेपाल राष्ट्र बैंकबाट भारु नोट खरिद मात्र गर्ने अस्थायी इजाजत प्राप्त भयो ।
लगभग १२ वर्षसम्म संस्थाको कारोबार भाडाको घरमा संचालन गर्दै आएकोमा २०६७ साल जेठदेखि नेपालगन्ज उपमाहनगरपालिका वडा नं. २ सुर्खेतरोडस्थित आफ्नै भवनबाट कारोबारको सुरुवात गरियो ।आर्थिक वर्ष २०५५–५६ मा कोहलपुर सेवाकेन्द्र खोलिएता पनि माओवादी द्वन्द्वका कारण बन्द भयो ।मिती २०७५ साल मंसिर ७ गते संस्थाको कोहलपुर सेवा केन्द्र गोलपार्क ११ स्थित आफ्नै भवनमा सुरु भयो ।
सहकारी स्थापनाको २५ वर्षमा पुग्दै गर्दा २०७७ सालको माघ मसान्तसम्म यस संस्थामा तीन हजार सात सय ४३ जना शेयर सदस्य पुगिसकेका छन् । जसमध्ये एक हजार चार सय ३५ जना महिला, दुई हजार दुई सय ९८ जना पुरुष र १० वटा संस्थागत शेयर सदस्यहरु छन् ।भेरी सहकारी संस्थाको प्रत्येक वर्षको साधारणसभा समयावधि भित्रै सम्पन्न भए भने निर्वाचन पनि प्रजातान्त्रिक विधिबाट हुँदै आएको छ ।
सहकारीको निरीक्षण
यस भेरी सहकारी वित्तीय सहकारी संस्था लिमिटेडको नेपाल राष्ट्र बैंकबाट सुरुका वर्षहरुमा ४–४ वर्षमा सघन निरीक्षण गरिएको थियो । त्यसपछिका २ २ वर्षमा सघन निरीक्षण हुँदै आएकोमा पछिल्लो ४–५ वर्षदेखि वार्षिक सघन निरीक्षण हुँदै आएको छ ।
यसैगरी सहकारी विभाग, सहकारी डिभिजन, तथ्यांक कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायतका विभिन्न निकायबाट निरीक्षण तथा अवलोकन गरिँदै आएको छ ।
प्रतिवेदनहरु
नेपाल राष्ट्र बैंकमा मासिक, त्रैमासिक तथा वार्षिक तोकिएको ढाँचामा प्रतिवेदन पेश हुँदै आएको छ । यसैगरी साप्ताहिक तरलता फाँटवारी, सहकारी डिभिजन कार्यालय र सहकारी विभागबाट तोकिएको ढाँचामा प्रतिवेदन पेश हुँदै आएको छ । यस्तै तथ्यांक कार्यालयमा वार्षिक रुपमा र आन्तरिक राजस्व कार्यालयमा दर्ता भएदेखि मासिक तथा त्रैमासिक कर दाखिला हुँदै आएको छ ।
अवलोकन
यस भेरी सहकारी वित्तीय संस्था लि मा नवजीवन सहकारी संस्था धनगढी कैलाली, वालिङ बचत तथा ऋण सहकारी स्याङ्जा, राष्ट्रिय सहकारी बैंक विभिन्न जिल्लाका सहकारी टोलीबाट अवलोकन गरिएको छ ।
संस्थाकासामाजिक कार्य
सहकारी शिक्षा सम्बन्धि संस्थाको कार्यक्षेत्र भित्र प्रत्येक वर्ष विविध कार्यक्रम सन्चालन गरिँदै आएका छन् ।संस्थाले विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको छ । २०७६ सालमा संस्थाले रक्तदान कार्यक्रम आयोजना ग¥यो । २०७२ बैशाख १२ गतेको महाभुकम्प पीडितहरुलाई सहयोगार्थ १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक संस्थाका अध्यक्ष विष्णु प्रसाद मैनालीद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकलाई हस्तान्तरण गरियो ।
क्यान्सर अस्पताल निर्माणार्थ खजुरामा २०६५ सालमा आयोजित श्रीमद् भागवत धन धान्यान्चल ज्ञान महायज्ञमार्फत प्रखर परोपकार मिसन नेपाललाई ३१ हजार १ सय ११ रुपैयाँ प्रदान गरियो ।जिल्ला सहकारी संघमार्फत नेपालगन्ज उप–महानगरपालिकाको विभिन्न चोकहरुमा सिसिटिभि जडान सहयोगार्थ १० हजार रुपैयाँ प्रदान गरियो । यसैगरी, संस्थाको २४ औँ स्थापना दिवस २०७६ साल चैत्र १ गते मानव धर्म र सेवामा समर्पित निल सागर असहाय तथा अशक्त ज्येष्ठ नागरिक सेवाकेन्द्रमा खाद्यान्न सामग्री सहयोग गरियो ।
सम्मान तथा कदर
२०७३ सालमा सबैभन्दा ठुलो रकमको कारोबार गरेकोमा जिल्ला सहकारी संघ बाँकेको २५ औँ वार्षिक साधारणसभामा यस संस्था सम्मानित भएको थियो ।
२०७० साल चैत्र २ गते दोस्रो राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालय बाँकेद्धारा आयोजित कार्यक्रममा उच्चतम कर सहभागितासहित नेपाल सरकारलाई बढी आयकर बुझाएवाफत कदरस्वरुप सम्मानपत्र प्रदान गरिएको छ ।
अध्यक्षहरु
भेरी सहकारी वित्तीय संस्था लिमिटेडको २५ वर्षको अवधिमा ५ जना कर्मठ र स्वनामधन्य व्यक्तित्वहरुको अध्यक्षतामा हालको उचाई हासिल गरेको हो । स्थापनाकालदेखि संस्था स्थापनामा समेत नेतृत्वदायी भुमिका खेल्नुभएका श्री अच्यूत प्रसाद प्रसाईले स्थापनाकाल देखि २ कार्यकाल अर्थात सुरुका ८ वर्ष यस संस्थाको नेतृत्व गरि संस्थालाई सबल बनाउनुभयो । त्यसपछिको कार्यकाल श्री गोविन्द कृष्ण श्रेष्ठले एक कार्यकाल, विष्णु प्रसाद मैनालीले २ कार्यकाल र बसन्त लामिछानेले १ कार्यकाल यस संस्थाको नेतृत्व गर्दै नयाँ उचाई प्रदान गर्दै आउनुभयो । हाल ०७६ माघ अर्थात २४ औ चुनावी साधारणसभाबाट निर्वाचित पदम बहादुर भण्डारीले संस्थाको नेतृत्व गर्दै आउनुभएको छ ।
व्यवस्थापक तथा कार्यकारी प्रमुख
सहकारी संस्थाको विकासमा सन्चालक समितिजस्तै व्यवस्थापक तथा कार्यकारी प्रमुखको भुमिका पनि महत्वपूर्ण रहन्छ । भेरी सहकारी वित्तीय संस्था लिमिटेडमा हालसम्म सन्चालक समितिबाट कृष्ण प्रसाद घिमीरे, गोविन्द कृष्ण श्रेष्ठ, शिव प्रसाद जोशी, पदमा भट्टराई र शुशिला शर्मा ज्यूहरुले संस्थाको व्यवस्थापक तथा कार्यकारी प्रमुखको जिम्मेवारी निभाउनुभएको छ । हाल सहकारी ऐन विनियम बमोजिम २५ औं वार्षिक साधारणसभाबाट कार्यकारी प्रमुखको ठाउँमा सचिव पदको व्यवस्था गरिएको छ । जसको जिम्मेवारी श्री देवजंग शाहले निभाइरहनुभएको छ ।
कर्मचारीबाट व्यवस्थापकको रुपमा हालसम्म अनिल कुमार न्यौपाने र देवजंग शाहले जिम्मेवारी निभाउनुभएको छ भने हाल शोभा गुरुङले उक्त जिम्मेवारी निभाइरहनुभएको छ ।
संस्थाको निक्षेप ः
भेरी सहकारी संस्थाले विभिन्न बचतकर्ताहरुबाट निक्षेप संकलन गर्दै आएको छ । यस संस्थाले मासिक तथा आवधिक बचतमा सानो सानो रकम समेत बचत गर्ने व्यवस्था गरेको छ । सामाजिक व्यवहार जस्तैः विवाह संस्कार, मृत्यु संस्कार, गर गहना खरिद आदिका लागि समेत बचतको व्यवस्था छ । सानो तिनो व्यापार, व्युटिपार्लर, कुखुरा पालन, वाख्रा पालन, कपडा सिलाइ पसल, खुद्रा पसललगायतका व्यावसायीहरुले पनि यस संस्थामा बचत गर्दै आएका छन् ।
सहकारीकोे लगानी र प्रतिफल
स्थापनाको २५ वर्षसम्म आइपुग्दा यस भेरी सहकारी वित्तीय संस्था लिमिटेडले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६–७७ मा ३० करोड ६४ लाख ६ हजार रुपैयाँ लगानी गरेको छ । साथै, आर्थिक वर्ष ०७५–७६ मा ३१ करोड ९० लाख ७६ हजार रुपैयाँ र आर्थिक वर्ष २०७४–७५ मा २५ करोड ७८ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरिसकेको छ ।
त्यसैगरी, निक्षेपतर्फ आर्थिक वर्ष २०७६–७७ मा २३ करोड ८८ लाख ८७ हजार रुपैयाँ संकलन गरेको छ । साथै, आर्थिक वर्ष २०७५–७६ मा २४ करोड ११ लाख ३५ हजार रुपैयाँ र आर्थिक वर्ष २०७४–७५ मा २१ करोड एक लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
यस संस्थाको आर्थिक वर्ष २०७६–७७ मा शेयरपुँजी २ करोड ३५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७५–७६ मा यस संस्थाको शेयरपुँजी २ करोड २७ लाख १ हजार रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष ०७४–७५ मा १ करोड ९८ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
यस संस्थाबाट कर्जा प्राप्त गरेका व्यक्तिहरुको समेत आर्थिक बृद्धिविकासमा टेवा पुगेको छ ।
नेपालको आर्थिक विकासको एक मेरुदण्ड कृषि हो । यस सहकारीले कृषिक्षेत्रमा लगानी गरेर कृषकहरुसँग सहकार्य गरेको छ । जसको प्रतिफल समेत उल्लेखनिय छ ।
यस सहकारीले व्यापार गर्न चाहने सदस्यहरुमा पनि कर्जा लगानी गरेको छ । सहकारीले उद्योगको विकासमा पनि हातेमालो गर्ने उदेश्यले उद्योगीहश्रलाई पनि ऋण प्रवाह गरेको छ भने उच्च शिक्षा आर्जनका लागि समेत ऋण लगानी गरेको छ ।
यसरी आफ्नो उदेश्यमा खरो उत्रिँदै ऐच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता शिक्षा, तालिम तथा सूचना, सहकारी बिच सहयोग र समुदाय प्रति चासो जस्ता सहकारीका अन्तराष्ट्रिय सिद्धान्तको पालना गर्दै भेरी वित्तीय सहकारी संस्थाले आफ्नो २५ वर्षको यात्रा तय गरेको छ । जागरुक शेयर सदस्यहरु, कुशल सन्चालक र व्यवस्थापकिय नेतृत्व, कर्मठ र इमानदार कर्मचारी एवं समस्त शुभेच्छुकहरुको सहयोगले यस सहकारीको यात्रा अझ उन्नत रुपमा अघि बढिरहनेछ ।
(लेखक शोभा गुरुङ भेरी सहकारीको व्यवस्थापक हुन ।