लुम्बिनी प्रदेशको बजेट: नेपालगन्ज-कोहलपुर महानगर बनाइने (पूर्णपाठ सहित)
Tuesday, June 15th, 2021, 7:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ असार
आर्थिक बर्ष २०७८-७९ को बार्षिक बजेटमा कोभिड-१९ महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । कुल ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ बजेट घोषणा गरेका छन् । स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि प्रदेश सरकारले ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत अस्पतालको रुपमा निर्माण थालनी गर्न सरकारले आगामी आर्थिक बर्षको लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै राप्ती प्रादेशिक अस्पताललाई विशिष्किृत अस्पतालको रुपमा विकास गर्नका लागि त्यसको विस्तृत परियोजना रिपोर्ट अर्थात् डिपिआर निर्माणसम्मका लागि आवश्यक बजेट विनियोजन गरेको छ । हालसम्म ५० शैय्यामा स्तरोन्नती भएका सबै अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिने भएको छ । त्यस्तै प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई दोस्रो लेभलमा स्तरोन्नती गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पतालालाई २० शैय्याको आयुर्वेद अस्पतालको रुपमा विकास गर्न दुई करोड रुपैयाँ छुट्याइएको मन्त्री चौधरीले बताए । साथै नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रुपैयाँ छुट्याइएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्षदेखि प्रदेशभरका सबै सरकारी अस्पतालहरुबाट निशुल्क रक्तसञ्चार सेवा आरम्भ गर्ने भएको छ ।
प्रदेश सरकारले प्रदेशमा तीन ठूला सहरी क्षेत्रलाई महानगरपालिकाका रुपमा विकस गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । नेपालगंज-कोहलपुर, बुटवल- भैरहवा र घोराही-तुल्सीपुरलाई महानगर बनाउनको लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पहल गर्न आवश्यक बजेट विनियोजन गरिएको चौधरीले उल्लेख गरे ।
हेर्नुहोस् बजेटको पूणर् पाठ ः लुम्बिनी प्रदेशको बजेट २०७८-७९