७५ प्रतिशतभन्दा बढी बेड खाली
Tuesday, June 15th, 2021, 7:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपलागन्ज, १ असार
जिल्ला कोभिड–१९ संकट व्यवस्थापनको तथ्यांकअनुसार जिल्लामा खाली हुने बेडको संख्यामा वृद्धि हुँदै गएको छ । मंगलबारको तथ्यांक हेर्दा बाँकेमा ७० प्रतिशतभन्दा बढी बेड खाली रहेका छन् ।
केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार भेरी अस्पतालको कूल बेड संख्या दुई सय मध्ये एक सय २० बेड खाली रहेका छन् । मंगलबार बेलुकासम्म भेरीमा बिरामी संख्या ६५ रहेको छ भने शिकिस्त बिरामीको संख्या १८ रहेको छ ।
त्यसैगरी नेपालगन्ज मेडिकल कलेजमा रहेको बिरामी बेड संख्या एक सय एक सय ३० मा बिरामी संख्या १६, खाली बेड संख्या एक सय १४ र शिकिस्त बिरामी १४ रहेका छन् ।
वेस्टर्न अस्पतालमा रहेको सर्जिकल बेड संख्या १६मा बिरामी संख्या एक र खाली बेड संख्या १५ रहेको छ । साथै युनाइटेड अस्पतालमा रहेको बेड संख्या १५ मा पुरै खाली रहेको छ ।
कोभिड अस्पताल भर्ना भएका बिरामीमध्ये बाँकेका भर्ना बिरामी २३ प्रतिशत र बाहिरी जिल्लाका बिरामी ७७ प्रतिशत रहेका छन् ।
जम्मा बेड तीन सय ६१ मा बेडमा रहेका बिरामी २३ प्रतिशत र खाली बेड ७७ प्रतिशत रहेको छ ।
जम्मा भर्ना बिरामी ८२ मा शिकिस्त बिरामी प्रतिशत ४० र मध्यम बिरामी प्रतिशत ६० रहको केन्द्रले जनाएको छ ।