सुरु भयो महिला भलिबल टोलीको बन्द प्रशिक्षण
Tuesday, June 15th, 2021, 8:30 pm
Kalpristha

प्रशिक्षणका क्रममा नेपाली टोलीकी ओपन स्पाइकर प्रतिभा माली(बायाँ) र कप्तान अरुणा शाही । तस्विरः दिल तामाङ÷ हाम्रो खेलकुद
कालपृष्ठ समाचारदाता
काठमाडौं, १ असार
नेपाली महिला भलिबल टोलीले मंगलबारदेखी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षण सुरु गरेको छ ।
आजबाट नेपाली टोलीले प्रशिक्षण सुरु गरेको नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताइन । आगामी भदौंको १३ देखी २५ गते सम्म फिलिपिन्समा एसियन सिनियर महिला भलिबल सुरु हुदैंछ ।
जुन महिला भलिबल टोलीले खेल्न लागेको उच्च स्तरको अन्तराष्ट्रिय स्पर्धा हो । नेपालले खेल्न लागेको महत्वपुर्ण प्रतियोगिताका लागी प्रशिक्षण सुरु गरेको हो । आफनो जन्मदिनको अवसरमा बन्द प्रशिक्षण सुरु गर्न पाउँदा खुसी लागेको उपाध्यक्ष मास्केले बताइन । त्रिपुरेश्वर स्थित कभर्ड हलमा सुरु भएको प्रशिक्षणमा सहभागि खेलाडीलाई प्रशिक्षक कुमार राई र अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका छन ।
व्यवस्थापनलाई बलियो बनाउने प्रयासमा लागेको बताउँछिन नेपाल भलिबल संघको उपाध्यक्ष एवम् प्रतियोगिता तयारी समिति संयोजक निरोज मास्के । त्यसका लागि संघले थालनी गरिसकेको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो ।
बन्द प्रशिक्षणमा आर्मीका सर्वाधिक ८, न्यु डायमण्ड, पुलिस र एपिएफ क्लबका समान ७ खेलाडी परेका छन । यसैगरी मोफसलबाट भरतपुर मेट्रोकी सरस्वती कंटेल पनि प्रशिक्षणमा सहभागी हुनेछिन ।