के यस पटक सफल होलान मेस्सी ?
Friday, June 18th, 2021, 1:34 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, ४ असार
पेले र म्यारोडोनीपछिका चर्चित फुटबलरमध्ये मेस्सीको फुटबल करियर धेरै हदसम्म सफल नै मान्न सकिन्छ । राष्ट्रिय टोली र बार्सिलोना क्लबका स्किपर मेस्सी जारी कोपा अमेरिका कपमा ब्रेक थ्रु गर्ने कुरामा विश्वस्त देखिन्छन् । सन् २००९–१० को सिजनमा पहिलो पटक ४७३ अंकका साथ ब्लोन डि ओर पुरस्कार जित्न सफल भएका थिए । हालसम्म उनले यो पुरस्कार बार्सिलोनाका लागि खेल्दै सर्वाधिक ६ पटक जितेर आपूmलाई सफल खेलाडीको रुपमा प्रस्तुत गरिसकेका छन् ।
डेथ बलमा गोल निकाल्न माहिर मानिने मेस्सीको लोभलाग्दो ड्रिब्रिलिङ्गबाट उनका लाखौं समर्थक तथा प्mयानहरु नतमस्तक हुन्छन् । लाग्छ, उनको प्रोफाइल विश्व फुटबललाई चियाउँने आँखी झयाल नै हो । उनले फुटबलमा गरेको योगदान र सफलताले यही भन्छ । यसबारे लेखेर, पढेरभन्दा पनि जारी ठूला प्रतियोगिताहरु उनले गरेका प्रदर्शन प्रत्यक्ष रुपमा अवलोकन गरेर सहजै आँकलन गर्न सकिन्छ ।
बर्सिलोनाको युवा एकेडेमीका उत्पादन मेस्सीले १६ वर्षकै कलिलो उमेरमा सन् २००३–०४ मा बार्सिलोनाबाट डेब्यू खेल खेलेका थिए । बार्सिलोनाबाट एक पछि अर्को किर्तिमानी प्रदर्शन गरेका उनले लालिगा, कोपा डेल रे, च्याम्पियन्स लिग अन्य क्लबस्तरीय प्रतियोगिताहरुमा बार्सिलोनाको लागि ८१० खेलमा सहभागी हुँदै यस सिजनको अन्त्यसँगै आफनो गोल संख्या ६८३ पुगेको छ ।
क्लबस्तरमा निकै सफल बनेका मेस्सीले देशको लागि कोपा अमेरिका, फिफा वल्डकप जस्ता ठूलो जित्न सकेका छैनन् । उनकै नेतृत्वमा विश्वकप र कोपा अमेरिकाको फाइनलमा पुगेर पनि उपाधि चुम्नबाट विमुख हुँदा विगतमा उनी घरेलु दर्शकबाट निकै आलोचित बने ।
राष्ट्रिय टोलीको प्रदर्शन हेर्ने हो भने उनले अर्जेटिनालाई ठूला प्रतियोगिताहरुमा फाइनलसम्म पु¥याउन गरेको योगदानलाई पनि बिर्सनुहुन्न ।
फिफाले प्रत्येक दुई वर्षमा आयोजना गर्ने फिफा वल्ड युथ च्याम्पियनसीप अन्तरगत उनले सन् २००५ मा एडिडास गोल्डेन बल एवार्डसमेत जितिसकेका छन् ।
मिडिया पोलद्धारा उत्कृष्ट खेलाडी चयन गरिने उक्त पुरस्कार जित्न सफल मेस्सीले उक्त प्रतियोगितामा ६ गोल गरेका थिए । सन् २००७ को संस्करणमा फिफाले यस प्रतियोगिताका नाम परिवर्तन गरेर यु–२० वल्डकप नामाकरण गरेको हो । सन् २००७ को यु–२० वल्डकपको उपाधि पनि अर्जेटिनाले जितेको थियो ।
उनले सन् २०१४ मा ब्राजिलमा आयोजित फिफा वल्र्डकपमा गरेको उत्कृष्ट प्रदर्शनको मूल्याकंन गर्दै फिफा प्राविधि कमिटी र मिडियाकर्मी सम्मीलित मूल्यांकन टोलीद्धारा सर्वाधिक अंक प्राप्त गर्दै गोल्डेन बल हात पारेका छन् ।
यसरी हेर्दा, उनको व्यक्तिगत प्रदर्शनकै भरमा अर्जेटिनाले ठूला प्रतियोगितामा राम्रो प्रदर्शन गरेको बुझिन्छ । आप्mनो समयमा पेले, म्यारोडाना, जिदान जस्ता फुटबलका महान् हस्तिले आफनो देशको लागि फिफा वल्र्डकप जिताइसकेको इतिहास छ । उनले पनि आफुलाई महान् खेलाडीको प्रुफ गर्नु छ भने कम्तिमा पनि जारी कोपा अमेरिका कपमा फाइनल सम्मको यात्रा तय गर्दै उपाधि दिलाउनुपर्ने हुन्छ । यसका लागि उनी मानसिक र शारीरिक रुपमा पनि कटिबद्ध र गम्भिर बनेका देखिन्छन् । यसका लागि कोपा अमेरिकामा उनको र टोलीको प्रदर्शन र फाइनल यात्रा तयमा भर पर्नेछ ।