दाङमा पासोमा परेको हुँडारको उद्दार
Friday, June 18th, 2021, 4:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ४ असार
देउखुरीमा सिकारीले थापेको पासोमा परेको एक हुँडार ९हड्डी बाघ० को २ घण्टा लगाएर उद्दार गरिएको छ । लमही नगरपालिकाको अर्जुन खोलादेखि ६ सय मिटर उत्तरतर्फ जंगलमा सिकारीले थापेको पासोमा हुँडार परेकोे थियो ।
हुँडारको डिभिजन वन कार्यालय लमही र अर्जुन खोलामा रहेको नेपाली सेनाको संयुक्त टोलीले शुक्रवार विहान उद्दार गरेको हो । ब्यारेक नजिकै जंगलमा जंगली जनावर धेै कराएको सुनेपछि नेपाली सेनाको टोलीले जंगली जनावर फसेको हुन सक्ने आशंका गरेर लमहीमा रहेको डिभिजन वन कार्यालयलाई जानकारी गराएपछि सिकाराीको थापेको पासोमा हुँडार फसेको थाहा भएको थियो ।
अन्य वन्यजन्तुका लागि सिकारीले थापेको पासोमा हुँडार परेको हुन सक्ने डिभिजन वन अधिकृत लमहीका प्रमुखका पुरनप्रसाद चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार सिकारीले अजम्बरी सामुदायिक वन क्षेत्रमा बाक्लो जङ्गल भएका कारण जनवारलाई पासो थापेको र त्यही पासोमा हुडार फसेको बताएका छन ।
उक्त क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग समेत जोडिएको क्षेत्र भएकाले पछिल्लो समय जंगली जनावरहरु धेरै देखिने गरेको डिभिजन वन कार्यालय लमहीका वन अधिकृत चौधरीले बताए । उक्त जंगल क्षेत्रमा केही समयअघि गोली लागेको जंगली जनावर समेत मृत अवस्थामा भेटिएकाले लकडाउनका कारण सुनसान बनेको समयमा जंगल क्षेत्रमा सिकारीहरुको चहलपहल बढेको हुन सक्ने बताए ।