डुडुवामा असार १० गते नै बजेट ल्याइने
Saturday, June 19th, 2021, 7:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, ५ असार
कोभिड-१९ को दोस्रो लहरका कारण बाँकेका स्थानीय तहहरुको आर्थिक वर्ष २०७८।०७९ को योजना तर्जूमामा ढिलाइ भएको छ । जेठ १५ गतेसम्म वडास्तरीय योजना छनौट गरिसक्नुपर्नेमा धेरैजसो स्थानीय तहले अहिले उक्त काम गरिरहेका छन् ।
बाँकेको डुडुवा गाउँपालिकाले भने असार १० गते नै गाउँकार्यपालिकाले बजेट ल्याउने दावी गरेको छ । अहिले नीति तथा कार्यक्रम र बजेटको तयारी तीव्र रुपमा गरिरहेको गाउँपालिकाले जनाएको छ ।
कोभिड-१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, बन तथा बातावरण, विकास निमाणर् लगायतका विषयलाई प्राथमिकीकरण गरी यस वर्ष केही ठूला र महत्वपूणर् योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको भनाई छ ।
स्थानीय तहमा योजना छनौटका चरण अन्र्तगत अहिले वडास्तरिय योजनाहरु छनौट भईसकेर आउने क्रम जारी छ भने ती योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।
विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरी असार १० गतेभित्र कार्यपालिकाको बैठकमा पेश गर्नुपर्दछ । कार्यपालिकाले स्वीकृत गरिसकेपछि असार मसान्तभित्र गाउँसभाबाट बजेट पास गरिसक्नुपर्ने व्यवस्था छ ।
गाउँपालिकाले विगतका वर्षदेखि संचालन गरेको स्वास्थ्य, पशु लगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठुला तथ महत्वपूणर् योजना र वन ऐन लगायतका केही नयाँ विधेयकहरु नवौ गाउँसभामा प्रस्तुत हुने गरी तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।