बाँकेमा कोभिडका लागि खाली बेड संख्या ८० प्रतिशत पुग्यो
Sunday, June 20th, 2021, 1:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असार
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार जिल्लामा खाली हुने शय्याको संख्यामा वृद्धि हुँदै गएको छ । अस्पतालहरुमा ८० प्रतिशतभन्दा बढी शय्या खाली छन् ।
बाँकेका साना-ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका तीन सय ६१ शय्यामध्ये एक सय ७१ शय्या खाली भएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालको दुई सय शय्यामा एक सय २५ शय्या खाली भएका छन् ।
७५ प्रतिशतभन्दा बढी बेड खाली
भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका एक सय ३० शय्या छुट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ ।
कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेका छन् ।
त्यसैगरी नेपालगन्ज मेडिकल कलेजमा रहेको बिरामी शय्या संख्या एक सय एक सय ३० मा बिरामी संख्या १६, खाली शय्या संख्या एक सय १४ र शिकिस्त बिरामी १४ रहेका छन् ।
कोभिड अस्पताल भर्ना भएका बिरामीमध्ये बाँकेका भर्ना बिरामी २३ प्रतिशत र बाहिरी जिल्लाका बिरामी ७७ प्रतिशत रहेका छन् ।
बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका तीन सय ४७ र जिल्लाकै तीन सय १० गरी ६ सय ५७ जनाको मृत्यु भएको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेको अवस्था सामान्यतर्फ फर्किँदै छ ।
यो पनि पढ्नुहोस्ः
संक्रमण दर घट्दै, सतर्क हुन आवश्यक