साउदीको जेलबाट छुटेपछि शिधै प्रधानमन्त्रीसंग
Tuesday, January 31st, 2017, 7:49 pm
amit
माघ १८, काठमाडौं । विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुले मंगलबार दिउासो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसाग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।
सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका एघार नेपालीहरुले प्रधानमन्त्री प्रचण्डसाग भेट गरी नेपाल ल्याउने प्रक्रियामा गरेको सहयोगका लागि धन्यवाद दिादै सात वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएको भन्दै सरकारसाग सहयोगका लागि अनुरोध गरेका छन् । कामका लागि साउदी गएका उनीहरुमाथि भारतीय नागरिकको हत्या अभियोग लगाइएको थियो । करिब साढे पााच वर्षपछि अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूताबासको सहयोगमा डेढ महिनाअघि उनीहरु नेपाल फर्किएका हुन् ।
प्रधानमन्त्रीसागको भेटमा पीडित भीमप्रसाद चिमरियाले भन्नुभयो, ‘हामी कामका लागि सात वर्षअघि साउदी गएका थियौं । भारतीय नागरिकको हत्या अभियोगमा हामीलाई जेलमा हालियो । अनुसन्धानका क्रममा हामीमाथि चर्को मानसिक र शारीरिक यातना दिइयो । पााच वर्षपछि हामी निर्दोष सावित भयौं । दुतावासका कर्मचारीले बेलैमा पहल गरेको भए हामी १/२ महिनामै छुट्न सक्थ्यौं । तर, कर्मचारीको लापरवाहीका कारण बिनाकारण सात वर्ष जेल बस्नुपर्यो । जेलबाट छुटेपछि नेपाल ल्याउन प्रधानमन्त्री कार्यालयले गरेको सहयोगका लागि आभारी छौं । तर, अब सरकारले हाम्रो परिवारको जीवन रक्षाका लागि भए पनि केही राहत उपलब्ध गराउने आशा गरेका छौं ।’
जेलबाट छुटेका नेपालीहरुसागको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुको कुरा सुन्दा निकै दु:ख लाग्यो । बिदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपालीहरु छन् । मेरो नेतृत्वमा सरकार बनेपछि मैले बिदेशमा रहेका नेपालीहरुलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउाबाट प्रयास गरिरहेको छु । बिदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन, सीड मनीको व्यवस्था, कम्पनि टाट पल्टिएर बेरोजगार भएका नेपालीहरुको उद्दार, विदेशमा काम गर्ने नेपालीहरुका लागि म्यादी जीवन बीमाजस्ता व्यवस्था त्यसैका लागि गरिएको हो । तपाईहरुलाई राहत उपलब्ध गराउन सरकार सकारात्मक छ, यसबारे म आवश्यक कुरा गर्छु । तपाईहरु निर्दोष भएका कारण साउदी सरकारसाग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस हुनेछ । कर्मचारीको लापरवाहीका कारण तपाईहरुले दु:ख पाएको भए त्यसबारे पनि समीक्षा गरिन्छ । साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु ।’