समृद्ध खजुरा बनाउने अभियानमा दृढ छौँः कक्षपति
Tuesday, June 22nd, 2021, 10:26 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिका सम्भावना बोकेको र अरु गाउँपालिकाभन्दासुविधासम्पन्नगाउँपालिका हो । गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गाउँपालिकाको विकासका लागिअन्य स्थानीय तहभन्दा फरक शैली अपनाएर योजनाहरु अघि सारे । उनले देशमै पहिलोपल्ट गाउँसम्मेलन गरे । त्यही सम्मेलनबाट आएका सुझावको निचोडका आधारमा गाउँपालिकाको १५ वर्षीय योजनासमेत तयार भएको छ । चार वर्षअघि गाउँपालिकाको अध्यक्षमा मतदातासमक्ष जाँदा पाँच वर्षभित्र पूरा गर्ने भनेर १०१ बुँदे प्रतिबद्धता गरेका कक्षपतिको नेतृत्वमा ४ वर्षमा कति काम भए ? यसै विषयमा गरिएको कालपृष्ठ संवाद ः
तपाईँले खजुरा गाउँपालिकाको अध्यक्षका भोट माग्नजनतासामु जाँदा १०१ बुँदे प्रतिबद्धता गर्नुभएको थियो । ती प्रतिबद्धतामा कतिवटा पूरा भएजस्तो लाग्छ ?
२०६२–६३ सालको जनआन्दोलनपछि हामी नयाँ व्यवस्थामा प्रवेश गरेका थियौँ । २०७४ साल असार १४ गते हामी स्थानीय जनप्रतिनिधहहरु निर्वाचित भएर आइसकेपछि यसलाई हामीले फरक ढंगले लियौँ । पहिलो वर्षलाई हामीले आधार वर्षको रुपमा लियौँ । हामी जनताको बिचमा जाँदा खजुरेली जनताहरुसामु१०१ बुँदै प्रतिबद्धता पत्र लिएर गएका थियौँ । त्यो १०१ बुँदै प्रतिबद्धता पत्रमा भएका वाचाहरु पुरा गर्न २०७४ साल असार १४ गतेपश्चात निरन्तर लागिराखेका छौँ ।पाँच वर्ष पूरा भइसकेपछि प्रतिबद्धतापत्रमा भएका अधिकांश बुँदाहरु पुरा गर्ने प्रतिबद्धताका साथ म र मेरो टिम खटिराखेको छ । पहिलो वर्षलाई हामीले त्यसको आधार वर्षको रुपमा लियौँ ।
दोस्रो वर्षदेखि हामीले खजुरेली जनताले प्रत्याभुति हुने खालका विकास निर्माणका कार्यहरु, शिक्षा, स्वास्थ्य र कृषिमा परिवर्तन गर्ने उदेश्यका साथ ती शिर्षकमा प्राथमिकतासाथ बजेटहरु विनियोजन गयौँ ।
तत्पश्चात हामीले थुप्र्रै गौरवका योजनाहरु खजुरेली जनतासामु राख्यौँ । जस्तै औद्योगिक ग्राम, खेलकुद ग्राम, गाउँपालिकाभित्र प्रत्येक वर्ष १६ किलोमिटर सडक पिच गर्ने, लुम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय, बहुउदेश्यीय सभागृह, १५ सय मेट्रिक टन क्षमताको शीतभण्डारलाई हामीले गौरवका योजनामा राखेका छौँ । यीमध्ये बहुउद्येश्यीय सभाहल अन्तिम चरणमा रहेको छ ।
हामी केही महिनापश्चात यसको भव्य उद्घाटन गर्दैछौँ । वार्षिक १६ किलोमिटर सडक योजनाबाट बनेका सडकको एकमुष्ट उद्घाटन गर्दैछौँ । शीतभण्डार आगामी आर्थिक वर्षमा पूरा गर्दैछौँ । खेलकुद ग्राम र औद्योगिक ग्राम बहुवर्षीय योजना हो । यसलाई निरन्तर प्रकृयामा अगाडि बढाइरहेका छौँ । हामीले ३ वर्ष कार्यकाल पूरा भइसकेपछि तीन वर्षभित्रमा के कति काम गरियोत भनेर समीक्षा गर्दा,१०१ बुँदे प्रतिबद्धतापत्र अगाडि राखेर समीक्षा ग¥यौँ । त्यसमध्ये ६८ बुँदा हामीले पूरा गरिसकेका रहेछौँ । बाँकी बुँदाहरु पूरा गर्नका लागि चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा सक्नेगरी हामी अगाडि बढेका छौँ । तर बिडम्बना कोभिड १९ को संक्रमणपश्चात थुपै्र विकासका योजनाहरु पछाडि परेको अवस्था छ। कतिपय अन्य प्राकृतिक अवरोधका कारण पाँच वर्षमा सबै १०१ बुँदाहरु पूरा गर्न सक्दैनौँ कि भन्ने चिन्ता हामीलाई लागेको छ । तैपनि हामी पर्यन्तशील छौँ । पाँच वर्षभित्रमा पूरा गर्ने उदेश्यका साथ हामी अगाडि बढेका छौँ ।
खजुरा गाउँपालिकाले तत्कालिन योजनालाई मात्रै अघि नसारेर दिर्घकालीन र आवधिक योजना निर्माण पनि गरेको छ । आवधिक योजना बनिसकेपछि बजेट निर्माण गर्न कति सहज भयो ?
तपाईंले भनेजस्तै हामी भौतिक संरचना, बाटाघाटा र भवन बनाउने काममा मात्रै ध्यान केन्द्रितगरेनौँ । त्यसका साथसाथै स्वास्थ्य, शिक्षा र कृषिमा पनि ध्यान दियौँ । हामी निर्वाचित भएर आइसकेपछि पहिलो कार्यपालिकाको बैठकले ३ वटा क्षेत्रमा ३ वटा महत्वपूर्ण निर्णय गरेका थियौँ । शिक्षामा हामीले आइसिटि विधि प्रयोग गरेर पठनपाठन गरेर सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उकास्ने । त्यस निर्णअनुरसार खजुराका आधारभूत र माध्यामिक विद्यालयहरुमा एक–एकवटा ल्यापटप, प्रोजेक्टर र स्मार्ट बोर्ड हामीले व्यवस्थापन गयौँ ।
कतिपय विद्यालयमा स्मार्ट बोर्डबाट पढाइ भइराखेको छ कतिपय विद्यालयमा हुन सकेको छैन । स्वास्थ्यमा हामीले पहिलो निर्णय ग¥यौँ खजुरा गाउँपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई वर्षमा दुईपटक विशेषत्रहरुद्धारा स्वास्थ्य जाँच सिविर हामीले सन्चालन गयौँ । कृष्मिा हामीले ती कसिानहरु जसको आयस्रोत न्यून छ उनीहरुलाई मल र बिउमा अनुदान दिने भनेर रकम विनियोजन गरेका थियौँ । साथै लक्षित वर्गाका कार्यक्रमहरु पनि सन्चालन गरेर परेका समुदायलाई उकास्न बजेट केन्द्रित गरेका थियौँ ।
जहाँसम्म तपाईंले भन्नुभयो आवधिक योजनाका कुराहरु । मैले अघि नै निवेदन गरें, पहिलो वर्ष पूर्णतया आधार वर्षको रुपमा लियौँ । मलाई त अहिलेको यो चारवर्षे कार्यकालको अनुभवले के लागेको भने यो पहिलो पाँच वर्षे कार्यकाल नै एउटा आधार वर्षको रुपमा रहन्छ कि जस्तो लागिरहेको छ । हामीले अहिलेपनि स्थापित हुन सकिरहेका छैनौँ । हाम्रा अधिकार र कर्तव्यका कुराहरु, नीति निर्माणका कुराहरु हेर्दा सबै स्थानीय तहका लागि यो कार्यकाल आधार वर्षको रुपमा हुन्छ कि भन्ने महसुस मैले गरिराखेको छु ।
कुनैपनि काम गर्दा योजनाअनुसार हामी चल्न सकेनौँ भने उदेश्य पूरा गर्न सक्दैनौँ । हामीले समृद्ध खजुरा बनाउनका निमित्त त्यसका आधारहरु के–के हुनसक्छन भनेर छलफल गर्दा हमीले २०७५ साल मंसिरको महिनामा हामीले बृहत खजुरा सम्मेलन भव्यताका साथ सम्पन्न गरेका थियौँ । त्यो बृहत खजुरा सम्मेलनमा स्वदेश तथा विदेशबाट २९० जनाजतिको हसभागिता थियो । हामीले विभिन्न ११ वटा विषयवस्तुहरुमा कार्यपत्र पेश गरेका थियौँ । कार्यपत्रप्रतिको टिप्पणी भएको थियो ।
खजुराबाट गएका स्वदेश तथा विदेशमा रहेका नागरिकहरुको हसभागिता थियो । हामीले १५–२० वर्षमा खजुरालाई समृद्ध खजुरा बनाउनका लागि उहाँहरुसँग सुझाव लियौँ । त्यसैको आधारमा हामीले १५ वर्षीय आवधिक योजना तय गरेका छौँ ।
हामीले संघीय सरकारेको २५ वर्षीय र प्रदेश सरकारको २० वर्षीय आवधिक योजनामा टेकेर १५ वर्षीय आवधिक योजना तयार गरेका छौँ । यसैको आधारमा नीति तथा कार्यक्रमहरु बनाउनेदेखि लिएर बजेटहरु त्यसैमा टेकेर विनियोजित गर्ने कार्यक्रम अगाडि सारेका छौँ ।
तपाईंंले अघि गौरवको योजना भनेर उल्लेख गर्नुभएको औद्योगिक ग्रामको योजना कहाँ पुग्यो?
नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा एक–एक ओटा औद्योगि ग्राम बनाउने नीतिअनुसार पहिलो चरणमा देशभरका ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरियो । तीमध्ये देशभरका ६ वटामात्रै गाउँपालिकामा मात्रै औदोगिक ग्रामको योजना परेको छ । बाँकेमा एकमात्र खजुरा गाउँपालिकामा औद्योगिक ग्रामको योजना परेको छ । यो प्रकृयामा २१ बिघा जग्गा नेपाल सरकारको नाममा भएको जग्गा तत्कालिन उढरापुर गाविस अध्यक्ष कृष्णमान श्रेष्ठले सिमित व्यीक्तलाई बटैयामा दिइएको थियो । उनीहरुले ५८ सालसम्म बटैया बुझाएको थियो । ५८ सालपछि बटैया बुझाएको छैन ।
त्यही जग्गामा हामीले औदागिक ग्राम बनाउने भनेर निर्णय गयौँ ।२०७६ सालमा टोकन मनिको रुपमा ९२ लाख रुपैयाँ विनियोजित भएको थियो । यसको डिपिआर बनाउने काम लुम्बिनी प्रदेश सरकारले १५ लाख रुपैयाँमा गरेको छ । हामीले त्यहाँसम्म सडक जोड्ने काम गरेका छौँ । यसरी तीनवटा सरको लागत सहभागितमा काम अघि बढेको छ । पहलो वर्षमा हामीले ११ बिघा क्षेत्रमा तारबार लगाउने काम ग¥यौँ। चौकिदार घर बनाउने काम सम्पन्न ग¥यौँ । १६ बिघाको नापजाँच भइसकेको छ । पाच् बिघा नापजाँच गर्न बाँकी छ । कोभिडले गर्दा रोकिएको छ । यो चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ नेपाल सरकारले विनियोजित गरेको छ । हामीले टेण्डर प्रकृयामा अगाडि बढेर निर्माण गर्ने काम अगाडि बढेको छ । यो ३२ करोड लागतमा बन्ने बहुवर्षीय योजना हो ।
गाउँपालिकामा चार वर्षमा स्वास्थ्य सेवाको पहुँचमा कति परिवर्तन आयो ?
म आफै क्यान्सर अस्पतालको संस्थापक अध्यक्ष पनि हुँ । नेपालको इतिहासमा जनताको प्रत्यक्ष सहभागिताबाट बनेको अस्पताल सरकारको गठन आदेशबाट सरकारी अस्पतालमा रुपान्तरण गरिएको छ । अहिले लिनायक मेसिनकोटेण्डर भइसकेको छ । त्यो मेसिन आउनेबिध्किै फुल फेजमा अस्पतालले सेवा दिन थाल्नेछ ।
यस अस्पतालले गतवर्ष कोभिड–१९ विरुद्धको लडाईंमा लुम्बिनी प्रदेशमै पहिलोपटक कोरोना विशेष अस्पताल हामीले सन्चालन गरेर नेपालमै चर्चा पाएको अस्पताल हो । यसबाहेक हामीले स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमिका खेलेको महसुस भइराखेको छ । कोहीपनि स्वास्थ्य सेवाको पहुँचबाट बन्चित नहोस् भन्ने उदेश्यका साथ सबै वडामा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरु खोलिसकेका छौँ । आफ्नै भवनमा ती सेवाहरु सन्चालनमा छन् । वडा नम्बर १ मा पिएससीमासंघ सरकारको १६ करोडको लागतमा१५ बेडको अस्पताल बनाउने उदेश्यका साथशिलान्यास भइसकेको छ र निर्माण व्यवसायीले कामलाई तीव्र गतिमा अगाडि बढाएको छ । हामीले नीति तथा कार्यक्रममा पनि खजुरा गाउँपालिकालाई स्वास्थ्य हब बनाउने उदेश्यले अघि बढेका छौँ । यस उदेश्यमा प्रगतिको पाइलातिर पनि लम्कँदै छौँ ।
क्यान्सरकै कुरा गर्नुहुन्छ भने यहाँ २६ जिल्लका बिरामीहरु क्यान्सर अस्पतालमा सेवा लिन आइरहेका छन् । अत्यन्त सुविधासम्पन्न दुईवटा अप्रेसन थियटर जुन लुम्बिनी प्रदेशमै छैन त्यो खालको अप्रेसन थियटर हामीले निर्माण गरिसकेका छौँ । यसैगरी क्यान्सर अस्पतालले सर्पदंशका बिरामीको उपचार पनि सुरु गरेको छ । अब बन्ने अस्पताललाई पनि क्यान्सर अस्पतालसँग समन्वय सहकार्य गरेर सानोदेखि ठूलो अप्रेसनका लागि बाहिर जानुनपर्ने अवस्था तयार गर्न हामी लागिरहेका छौँ ।
गाउँपालिकाले आर्थिक विकासको योजनाको पहिलो प्राथमिकतामा कृषिलाई राखेको । यसका लागि उल्लेखनीय योजनाहरु के रहे?
हाम्रो दशको मुख्य समस्या नै बेरोजगार हो । अर्काेतिर कोभिपछि थुप्रै युवाहरु स्वदेश फर्किनुभएको छ । यो चालु आर्थिक वर्षमा हामीले कृषिमा पनि रोजगारलाई केन्द्रमा राखेका छौँ । थुप्रै युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सहुलियत कर्जाको निमित्त महिलाहरुका लागि १.६ प्रतिशत ब्याजमा र पुरुषका लागि २.६ प्रतिशत ब्याजमा महिलाका लागि १५ लाख अपिधकतम र पुरुषका लागि अधिकतम १० लाख कर्जा उपलब्ध गराउने सम्झौता गरी योजना अघि सारेका छौँ । फइलहरु अगाडि बढिसकेका छन् । ८–१० वटा फाइलहरु प्रकृयामा छन् । यसरी हामीले कृषिम थुप्रै उपकरहरु किसानहरुको पनि लागत सहभागितामा वितरण गरेका छौँ । भैँसी पकेट, गाइ पकेकटका कार्यक्रमहरु सुरु भइराखेको छ । लाखौँ रुपैयाँका कृषि उपकरहरु वितरण गरेका छौँ ।
यस चालु आर्थिक वर्षदेखि कृषि तथा पशु उद्यमशील विकास परियोजना भनेर सुरु गरेका छौँ । यो पाँच करो हाराहारीको प्रजेक्ट हो । नितान्त खजुरा गाउँपालिकाको । यसको सहजीकरण हेफर नेपालले गरेको छ । चालु आर्थिक वर्षमा हामीले एक करोड रुपैयाँ विनियोजित गरेका थियाँै। दुई वर्षभित्रमा करिब पाँच करोडको यो योजना पूरा हुनेछ ।
आठवटै वडामा १६ वटा समूह गठन भइसकेको छ । ती समुहबाट बहिनी समुहहरु गठन हुने क्रम जारी छ । यो योजना पुरा हुँदा सम्म थुप्र्रैयुवाहरु रोजगार हुनेछन् । कृषिमा आधारित काम गर्न ४० हजार रुपैयाँ प्रदान गर्ने र उसको व्यवसाय स्थापित भइसकेपछि हेफरले कम्तिमा पाँच लाख र बढीमा १५ लाखसम्मको सहुलियत कर्जाको व्यवस्था पनि गरेको छ ।
गाउँपालिकाले कोभिड महामारी नियन्त्रणमा के–कस्ता काम गरेको छ ?
कोभिड विरुद्धको लडाइमा स्थानीय तहले सह्राहनीय काम गरेका छन् । यदि स्थानीय तह हुने थिएन भने कोभिड नियन्त्रण कति जटिल बन्थ्यो होला ?खजुरा गाउँपालिकालेपनि कोभिड नियन्त्रणमा उल्लेखनीय काम ग¥यो । दोस्रो लहरमा खजुराले दुइवटा अक्सिजनसहितको आइशोलेसन केन्द्र सन्चालन ग¥यौँ । अरु कुनै स्थानीय तहमा त्यो सुविधा थिएन । दुवै आइसोलेसन सेन्टरमा हामीले मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीहरुलाई २४ घण्टा सेवामा अपडेट गराएका थियौँ । पहिलो लहरका बेला पनि हामीले सन्चालन गरेका आइसोलेसनहरु सुविधासम्पन्न थिए । सिसि क्यामेरा, नेट र खानपिनाके व्यवस्थापन गरेका थियौँ । अन्य अस्पतालमा जान नमानेर बिरामीहरु यहीँको आइसोलेसनमा बस्न रुचाउने खालको व्यवस्था हामीले गरेका थियौँ । ती आइसोसेलनबाट ७० जना बिरामीहरु सन्चो भएर पर्किनुभएको छ । त्यसका स्वास्थ्यकर्मीहरुले गर्नुभएको मिहिनेतलाई म सह्राहना गर्न चाहन्छु । यस्तै भेरी अस्पतालमा १४० बेडको आइसोलेसन बनाउन पनि गाउँपालिकाले लगानी गरेको छ ।
आगामी आर्थिक वर्षका लागि कस्तो बजेट आउँदै छ ?
आगामी आर्थिक वर्षमा कोभिडलाई विशेष प्राथमिकतामा राखेका छौँ । किनभने तेस्रो भेरियन्टका कुराहरु आइरहेका छन् । हामी तयारीका साथ बसेका छौँ । हाम्रा आइसोलेसन सेन्टरहरुमा अक्सिजनसहितको सुविधा अहिले पनि उपलब्ध छ । भेरी अस्पतालमा बेढ संख्या बढाउने, आइसोलन बढाउने, भेन्टिलेटर बढाउने दिशातिर आगामी बजेट केन्द्रित हुन्छ । यसैगरी कोभिडबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने र स्वास्थ्य जनशक्ति व्यवस्थापनका कुरामा पनि फोकस हुन्छ । यसका साथै कृषि र शिक्षामा पनि प्राथमिकतासाथ बजेट विनियोजन हुने छ । रोजगारी सृजना हुने खालका कार्यक्रम पनि तय भएका छन् । लक्षित वर्गका कार्यक्रम पनि महत्वका साथ अघि बढाएका छौँ ।
अन्तमा केही भन्नु छ ?
पछिल्ला ४ वर्षमा स्थानीय तहबाट धेरै कामहरु भएका छन् । केही कामहरु पक्कैपनि बाँकी छन्। खजुराबासीलाई म भन्न चाहन्छु तपाईंहरु पाँच वर्षमा पुरा गछौँ भनेर गरेका बाचाहरु हामी पूरा गर्ने दिशामा दृढ भएर लागेका छौँ । खजुरलाई १५ वर्षभित्रमा समृद्ध खजुरा बनाउने अभियानमा हामी केन्द्रित छौँ । अभियानमा हातेमालो गरेर अघि बढौँ । यही विनम्रताका साथ म निवेदन गर्न चाहन्छु ।