राप्तीमा गरियो बाढी कृत्रिम अभ्यास
Friday, June 25th, 2021, 2:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ असार
बर्सेनि बाढीको प्रभाव पार्ने राप्ती नदीमा शुक्रबार बाढी कृत्रिम अध्यास गरिएको छ । नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाढी कृक्रिम घटनाको अभ्यास प्रदर्शन गरेका हुन् ।बाढीका बेला मानविय क्षति हुन नदिन गोताखोर र पौडिबाजले कसरी काम गर्छन् भन्ने दृष्य अभ्यासमा देखाइएको थियो । अभ्यासका क्रममा बाढीले बगाएका मानिस, टापुमा फसेका मानिस र बेपक्ता भएका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भैन कृक्रिम अभ्यासमार्फत प्रदर्शन गरिएको थियो । साथै उद्धारका क्रममा उद्धारकर्मी नै समस्यामा परेको बसख उनीहरुले समस्यालाई कसरी समाधान गर्न सक्छन् भन्ने अभ्यास पनि गरिएको थियो ।

अध्यासका क्रममा उद्धार टोलीले ११ जनालाई उद्धार गरेका थिए भने प्राथमिक उपचारका लागि नेपाल रेडक्रसको टोलीले कसरी काम गर्छ भन्ने दृष्य पनि प्रदर्शन गरिएको थियो । अभ्यासका क्रममा समस्यामा परेका व्यक्तिलाई कसरी ल्याइन्छ, ल्याइसकेपछि घाइते भएका व्यक्तिलाई कसरी प्राथमिक उपचारसम्म पुर्याइन्छ र रेडक्रसले कसरी उनीहरुको उपचार प्रकृया गर्छ भन्ने विषयलाई प्रष्ट पारिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख शिवराम गेलालले राप्ती, मानखोला जस्ता नदीबाट बर्सेनि घटना भई रहेको बताए । उनले भोलीका दिनमा आउनसक्ने खतरालाई आजको अध्यासले देखाएको बताए ।

कार्यक्रममा प्रमुख सेनानी नकुल थापाले सफलताका साथ कृक्रिम अध्यास सम्पन्न भएको बताए । उनले बाढीका बेला हुनसक्ने घटनालाई कसरी सामना गर्न सकिन्छ भने अभ्यासबाट देखिएको बताए ।




