कोहलपुरमा विद्यालय स्तरिय खेलकुद छनौट प्रतियोगिता सुरु
Saturday, February 4th, 2017, 4:29 am
amit
राम बहादुर रावत
कोहलपुर- बाँकेको कोहलपुरमा शुक्रबारबाट बाँके क्षेत्र नं. १ विद्यालय स्तरिय खेलकुद तथा नवौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. का सांसद भेदराज भारले खेलकुद क्षेत्रले राष्ट्रिय एकता गर्ने भएकोले विद्यालय स्तरबाट खेलकुद क्षेत्रलाई प्राथमिकतादिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले विद्यालय तहमा खेलकुद क्षेत्रलाई शिक्षाका रुपमा जोड दिन आग्रह गरे । लक्ष्मी माविको आतिथ्यमा २३ गते सम्पन्न हुने प्रतियोगितामा क्षेत्र नम्बर १ मा रहेका ३९ वटा सरकारी तथा संस्थागत विद्यालयले सहभागिता जनाएका छन् ।
सो प्रतियोगिताबाट प्रमथ र द्वितीय भएका खेलाडिहरुले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कपर्दी लङ्गजम लगायतका खेलहरु समावेश गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष एवम् क्षेत्र नं. १ की संयोजक नारयणी वलीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।