अष्टिनमा आत्महत्या गरेका रुद्रका परिवारका लागी आर्थिक सहयोग संकलन शुरु
Saturday, February 4th, 2017, 10:27 am
amit
अष्टिन- टेक्सासको अष्टिनमा आत्महत्या गरेका नेपाली युवा रुद्र कडरियाका परिवारका लागी आर्थिक सहयोग संकलन शुरु गरिएको छ ।
अष्टिनका नेपालीहरुको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटीको पहलमा आर्थिक सहयोग संकलन शुरु गरिएको हो ।
घरको जेठो छोराले आत्महत्याको बाटो रोजेपछि बृद्ध आमा वुवा तथा अध्ययनरत भाइबहिनीका लागी थोरै भएपनि यो लिंक www.gofundme.com/help-support-to-kadariya-family (गो फण्ड)मार्फत आर्थिक सहयोग संकलन शुरु गरिएको ग्रेटर अष्टिन नेपाली सोसाइटीका सदस्य रामप्रसाद के सी ले जानकारी दिनुभयो ।
सदस्य के सीका अनुसार गो फण्ड मार्फत संकलन भएको आर्थिक सहयोग बाहेक ग्रेटर अष्टिन नेपाली सोसाइटीको परोपकारी कोष मार्फत मृतक कडरियाको अन्तिम संस्कारका लागी खर्च व्यहोरिने छ ।
केही समययता सामान्य डिप्रेसनको समस्याबाट गुज्रिरहेका रुद्र गत मंगलवार आफ्नै घरको कोठाको पंखामा सर्टको पासो बनाएर आत्महत्या गरेका थिए । यसैबीच ग्रेटर अष्टिन नेपाली सोसाइटीले मृतक रुद्रका परिवारलाई सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ ।
सहयोग गर्न यो लिंकको प्रयोग गर्नुहोस
www.gofundme.com/help-support-to-kadariya-family