एन्फा विवादः धमिलो पानीमा माछा मार्ने प्रयास
Monday, August 2nd, 2021, 8:51 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, १८ साउन
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विवादमा तानिएसँगै केही दिन यतादेखि झाँगिदै गएको राजीनामा प्रकरणले एन्फामा संकट गहिरिदै गएको छ । विवाद समाधानको लागि साउन १५ गते शुक्रबारका दिन डाकेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले आशातित निष्कर्ष निकाल्न नसक्दा विवाद बल्झिएको हो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रशिक्षक अलमुताइरी र दुई संचारकर्मीले फरक फरक पत्र दर्ता गरी छानबिनका लागि एन्फा मुख्यालयमा अनुरोध गरेसँगै विवाद उत्कर्षमा पुगेको छ ।
एन्फाको आपतकालीन बैठकले विवादको टुंगो लगाउनुको साटो स्वतन्त्र छानबिनको तगारो तेस्राएर सम्भावनाका बाटाहरु अवरुद्ध बनाउने काम गरेको छ । एन्फाले विवादको छिनोफानोको लागि फिफा र एशियाली फुटबल महासंघको निर्देशिकाको मापदण्डमा रहेर प्रक्रिया अगाडि बढाउने वा संस्थागत निर्णय गरेर निवेदकका मागहरु सम्बोद्धन हुने गरी निर्णय लिनुपर्नेमा स्वतन्त्र छानबिनको नाममा खेलकुद मन्त्रालयलाई गुहार्नुले नेतृत्वको अपरिपकता र कमजोरी प्रष्टिएको छ ।
एन्फा जस्तो गरिमामय संस्थाले गलत भएको खण्डमा गल्ती औल्याउन सक्ने र राम्रो काम भएको अवस्थामा स्याबासी दिन सक्ने आँट गर्नुपथ्र्यो । भनिन्छ, कि त आँटले कि त ढाँटले खान्छ । यस विषयमा एन्फा नेतृत्वले आँट गर्न नसकेकै हो । अब के हुन्छ, यसै भन्न सकिने अवस्था छैन् । ढाँटले धेरै दिन त चल्दैन् । यसरी नै जाने हो भने केही समय चल्ने अनि सकिने पनि सक्छ ।
धमिलो पानीमा माछा मार्ने प्रवृत्ति ः
फुटबलमा जत्तिको राजनीति कतै छैन् । एन्फाको विगतको इतिहास हेर्दा फुटबल राजनीतिले फुटबललाई झेली खेलमा परिणत ग¥यो ।गणेश थापाले संस्थापन एन्फा हाक्दा गीता राणाले लामो समय समानान्तरण एन्फा खडा गरेर नेपाली फुटबललाई संकटको भूवरीमा पारे । अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको क्रममा अभ्यास गर्न एउटा टोली दशरथ रंगशालामा देखिन्थे भने अर्को टोली सुनधारास्थित टँुडीखेलको खुला मैदानमा अभ्यास गरिरहेको हेर्न पाइन्थ्यो । पछि गएर दुबै पक्षको माग सम्बोद्धन भयो । दुबै पक्षले गर्दै आएको क्रियाकलापहरु बन्द गरिए ।
पछिल्लो समय चेन्ज एन्फाको नारा दिएर वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ गणेश थापा र उनको समूहलाई परास्त गर्न कुममा कुम जुधाएर एन्फा निर्वाचनमा होमिए । एन्फा चुनावमा शेर्पा प्यानल विजयी भएसँगै कर्माछिरिङलाई एन्फा मुख्यालयमा स्थापित गर्न मुख्य भूमिका निर्वाह गरेका नेम्वाङ वरिष्ठ उपाध्यक्षको पदमा आसिन हुन सफल बने । एन्फाको कार्यकाल सकिनै लाग्दा वर्षा हुनुअगाडि आउने हावा हुरीले ल्याउने बाछिटा एन्फा परिसरमा पर्न थालेको आभाष हुन्छ । फुटबलको फोहोरो राजनीतिले फुटबल फेरि झेली खेल बनेको छ । यस्तो मनस्थिति लिएर कसैले वा भनौ कुनै एक समूहले जिते पनि नेपाली फुटबलले भने हार्ने निश्चित छ । फुटबल अकर्णमन्यताले चल्दैन । फुटबल चल्ने भनेको विधि र पद्धतिले चल्ने हो । फुटबल लटर पटर तरिकाले अगाडि बढ्दैन् । फुटबल अगाडि बढ्ने भनेको उच्च व्यवस्थापनले हो । अहिले देखिएको लटर पटरले धमिलो पानीमा माछा मार्न चाहनेहरु वातावरणलाई झनै धमिलो बनाउन आतुर देखिन्छन् ।
शेर्पा नेतृत्वलाई असन्तुष्ट पक्षहरुको चुनौती ः
एन्फा मुख्यालयमा एकैसाथ चुनाव जितेर आएका संस्थापन पक्षले हैसियत अनुसार विभिन्न समितिहरुको जिम्मेवारी दिएका पदाधिकारीहरु नै असन्तुष्ट बन्दा अहिले एन्फामा राजीनामा दिने पदाधिकारीहरुको सूची लामै बनेको छ । राजीनामाको पछिल्लो सूचीमा एन्फाका सहायक महासचिव बसन्तराज अर्यालको नाम पनि जोडिएको छ । उनले गत आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउँदै आफनो जिम्मेबारीबाट बाहिरिएका हुन् । महासचिव अर्यालले २०६६ माघ २६ गतेको साधारणसभाले विधान संशोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले सो पदमा रहन नैतिक रुपमा नमिल्ने बन्दै राजीनामा बुझाएका थिए । यसअघि नै एन्फाको होस्टल व्यवस्थापन समितिको तीन सदस्य समितिले सामुहिक राजीनामा दिएका थिए ।
एन्फाले विधि र विधान अनुकूल कार्य गर्न नसकेको आरोप लगाउँदै एन्फा टेक्निकल कमिटीको संयोजकसमेत रहेका एन्फा उपाध्यक्ष कृष्ण बहादुर थापाले पनि आफनो पदबाट राजीनामा दिएको अवस्थाले एन्फा नेतृत्व झनै कमजोर निरीय बन्न पुगेको छ । एन्फालाई बलियो बनाउनुको साटो कमजोर बनाउने खेल मैदानबाहिर देखिन थालेको छ । यसले नेपाली फुटबललाई अन्यौल र अनिश्चयतिर धकेल्न सक्छ । यसरी समस्याको निकास निकाल्न अबेर हुँदा नेपाली फुटबलले फेरि अर्को पीडा बोक्ने पर्ने हो कि भन्ने शंका बढेको छ । यसरी हेर्दा, आगामी दिनहरु निकै चुनौतीपूर्ण हुने देखिएको छ । तसर्थ, सबै जना एकै ठाउँमा बसेर सबै खाले असन्तुष्टि र विवादहरुलाई थाती राखेर ऐक्यबद्ध हुनुको विकल्प छैन् । एन्फा ठूलो संस्था हो । सानो ठूलो घटना व्यहोर्नुपर्ने नै हुन्छ । घट्ना भनेको एक प्रकारको स्प्रिङ जस्तै हो । त्यसलाई जत्ति दबाउन खोज्यो दब्छ । जब छोडिन्छ । तब उफ्रिन्छ । अनि विष्फोट हुन्छ । जसले नकारात्मक नै परिणाम ल्याउँछ । नेपाली फुटबललाई कमजोर बनाउने काम कही कतैबाट हुनु हुन्न । यस्ता गतिविधिहरु रोकिनै पर्छ । हाल देखिएका समस्याहरुप्रति गम्भिर हुन नसके एन्फामा अझैं ठूला शंकटहरु आउन कुरामा दुईमत छैन् ।
फुटबलमा बाह्य सहयोग र परनिर्भताको मनोविज्ञान ः
फुटबलमा बाह्य सहयोग र परनिर्भताले नेपाली फुटबल किकर्तव्यविमुख बनेको छ । कतै कोही रिसाउने हो कि भन्ने भय, डर र मनोविज्ञानले एन्फा नेतृत्व अनिर्णयको बन्दी बनिरहेको छ । सही समयमा सही निर्णय दिएर चुनौतीका पहाडलाई नाघ्न सक्ने क्षमता नेतृत्व तहले देखाउनैपर्छ । समस्याबाट भाग्ने होइन । जुध्ने साहस जुटाउनैपर्छ । शुरुमा दृश्य, अदृश्य समस्याहरु साना जस्तै देखिन्छन् । बल्झिदै जाँदा यिनै साना समस्याहरुले नयाँ स्वरुपहरु ग्रहण गर्न थाल्छन् । जसले जटीलतामात्रै थप्ने होइन । नेपाली फुटबललाई गलाउने, ढलाउने र कमजोर बनाउने आफैं उन्मुख हुँदै जान्छ । समयमा न्याय नपाउनू र न्याय प्रक्रियालाई लम्ब्याउनु भनेको न्याय नदिनू सरह नै हो । यी सन्दर्भलाई लिएर हेर्दा बचाउने र जोगाउने अर्थात् रक्षात्मक बन्न खोज्दा एन्फा नेतृत्वले अनावश्यक दबाब बढाइरहेको छ । एन्फा परिसरभित्र मौलाएको खेल अब नब्बे मिनेटबाहिर पुगेको छ । पेनाल्टीमा कुन पक्ष भाग्यमानी हुने हो, त्यो थाहा पाउन पर्खनै पर्ने भएको छ ।